२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

धनगढीमा राष्ट्रिय महिला स्वयंसेविका दिवस मनाईयो

धनगढीमा १७ औं राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयम् सेविका दिवस बिभिन्न कार्यक्रमका साथ मनाईएको छ ।

धनगढी उप–महानगरपालिकाको आयोजनामा १७ औं राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयम् सेविका दिवस मनाईएको हो । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानकै क्रममा १७ औं राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयम् सेविका दिवस मनाईएको हो । कार्यक्रममा महिला सामुदायीक स्वास्थ्य स्वंसेविकाले भोग्नुपरेका समस्याका बारेमा छलफल भएको थियो ।

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख वडले भने, ‘ स्वास्थ्य क्षेत्रको मेरुदण्ड भनेको नै महिला स्वास्थ्य स्वयं सेविकाहरु भएको बताए । उनले भने, कोरोनाको जोखिमका बिच पनि स्वंसेवीकाहरुले धेरै राम्रा कामहरु गरेका छन् । स्वास्थ्य क्षेत्रको बस्तीतहमा देखिने उपस्थीति नै महिला सामुदायीक स्वास्थ्य स्वयम् सेविका रहेको बताउदै धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले भनिन्, ‘ धनगढी उप–महानगरपालिकाले वहाँहरुलाई प्रोहत्साहान पुग्ने किसिमका कार्यक्रम ल्याउनुपर्छ भन्नेमा छौं । यसै अन्तरगत कतिपय वडाले महिला सामुदायीक स्वास्थ्य स्वयम् सेविकाले साईकलहरु उपलब्ध गराएको थियो ।


स्वंसेविकालाई मोवाईल उपहार

धनगढी उप–महानगरपालिका वडा नं ८ ले वडामा कार्यरत महिला सामुदायीक स्वास्थ्य स्वयम् सेविकाहरुलाई मोवाईल र सिमकार्य उपहार दिएको छ ।

धनगढीमा १७ औं राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयम् सेविका दिवस दिवसको अवसर पारेर ११ जना सामुदायीक स्वास्थ्य स्वयम् सेविकालाई मोवाईल र सिमकार्ड उपहार दिएको वडा अध्यक्ष नारायण प्रसाद बरालले बताए । उनले भने, यसले सामुदायीक स्वास्थ्य स्वयम् सेविकालाई प्रोत्साहान मिल्ने छ ।

उपहार स्वरुप प्रदान गरिएका मोवाईल सेट र सिमकार्ड धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले हस्तान्तरण गरेकी थिईन ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ मंसिर २०

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP