२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

रुडेस बैतडीद्वारा एकहजार परिवारलाई ७ वर्ष म्याद गुज्रेका (डेट स्पाइर) सावुन वितरण

बैतडी- गैर सरकारी संस्था रुडेसले एकहजार घरधुरीलाई म्याद गुज्रेका (डेट स्पाइर) सावुन वितरण गरेको छ । ग्रामिण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) बैतडीले ‘स्वच्छताका लागि व्यवहार परिवर्तन’ परियोजना अन्तरगत दशरथचन्द नगरपालिकाका ११ वटै वडाका एकहजार घरधुरीलाई उक्त सामग्री वितरण गरेको हो ।

दशरथचन्द नगरपालिका, युनिक लिवर, एचबिसिसि, युकेएड, अकसफाम लगायतको सहयोगमा उक्त परियोजा नगरपालिकाको ११ वटै वडामा ४ महिना यता सञ्चालमा रहेको संस्थाका अध्यक्ष एवं कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए ।

संस्थाले वाहिरबाट अनुदान लिएर स्वास्थ्य सामग्रीका नाममा आफुहरुलाई म्याद गुजे्रका सामग्री वितरण गरेको गुनासो गरेका छन् । संस्थाले परियोजना क्षेत्रमा कोभिड १९ नियन्त्रणका लागि भन्दै सरसफाई तथा हात धुन सिकाउने र स्वास्थ्य सामग्री वितरण गर्ने लगायतका कार्य गर्दै आइरहेको छ ।

परियोजना क्षेत्रमा संस्थाले आयुर्बेदिक नेवा नामक अमला सावुन र प्लाष्टिक बाल्टिन वितरण गरेको छ । वितरण गरिएका सावुनको म्याद ७ वर्ष नाघि सकेको छ । २०१० मा बनेको उक्त सावुनको म्याद तीन वर्ष मात्रै रहेको छ ।

संस्थाका कर्मचारीलाई म्याद नाघेको सावुन आयो भन्दा उल्टै गैरजिम्मेबार भाषा बोल्ने गरेको दशरथचन्द नगरपालिका वडा नं. ६ का दिपेन्द्र जोशीले बताए । जोशीले भने,‘हामीले डेट स्पाइर भएको सावुन आएको गुनासो गरेउँ, संस्थाका मान्छेले खरानीले हात माझ्ने मान्छेलाई किन म्याद भएको सावुन चाहियो । जे भएपनि सावुनै हो प्रयोग गरे भैगोनी भनेर गैरजिम्मेवार भाषा बोल्नुहुन्छ ।’

नगरका अन्य स्थानीयहरुले नगर तथा वाह्यसंस्थाबाट सहयोग लिएर आफुहरुलाई वर्षौं देखि गोदाममा थन्क्याईएका साबुन दिदै संस्थाले भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका छन् ।

संस्थाका अध्यक्ष एवं कार्यकारी निर्देशक जोशीले आफुहरुले बाल्टिनसँगै सावुन वितरण गरेको तर भरपाई बाल्टिनको मात्र गरेको बताए । उनले शिखर समाचारसागको टेलिफोन कुराकानीमा सुरुमा संस्थाले सावुन वितरण नगरेको बताएपनि सावुन कहाँबाट आयो भन्ने प्रश्न पछि संस्थाको गोदाममा थन्किएका सावुन भरपाई नगरेरै प्रतिपरिवार ४ वटा सावुन पुग्ने गरेर वडाध्यक्ष सहितको टोलीले वितरण गरेको स्वीकार गरे ।

निर्देशक जोशीले रियोजनाको बजेटका बारेमा भने बोल्न चाहेनन् । परियोजनाको बजेट कती हो भन्ने प्रश्नपछि जोशीले आधाघण्टा पछि फोन गरेर जानकारी दिने भनेका थिए । त्यसपछि जोशीले फोन उठाएनन् ।

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ मंसिर १९

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ मंसिर १९

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ मंसिर १९

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP