२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

बझाङ बुङ्गलका एक जना १० किलो चरेशसहित पक्राउ

डोटी– सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले १० किलो चरेश सहित एक जनालाई पक्राउ गरेको छ । बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रबाट १० किलो लागु औषध चरेशसहित बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय मानबहादुर धानुक पक्राउ गरेको हो ।

धानुकलाई विशेष सूचनाका आधारमा पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रिय अनुसन्धान समूहले जनाएको छ । धानुकलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले घटना अनुसन्धानकै चरणमा रहेकाले विस्तृत विवरण सार्वजनिक गर्न समय लाग्ने बताए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ मंसिर १९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP