काठमाडौं : नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गरेका छन्।
पौडेलले बिहीबार कांग्रेसका हजारौँ कार्यकर्तासहित पुल उद्घाटन गरेका हुन्।
नेपाली कांग्रेस तनहुँका सचिव विश्व बास्तोलाले शक्ति प्रदर्शनसहित नेता पौडेलले पुल उद्घाटन गरेको जानकारी दिए।
जिल्लाभरबाट कार्यकर्ता दमौलीमा उतारेर पुल उद्घाटनमा सहभागि गराइएको पनि बास्तोलाले बताए। उद्घाटन कार्यक्रममा कार्यक्रमका लागि केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदिप पौडेल, धुव्र वाग्ले गण्डकी प्रदेका प्रमुख प्रतिपक्ष दलका नेता कृण्ण नेपाली र गोविन्द भट्टराई पनि तनहुँ पुगेको बाँस्तोलाले जानकारी दिए।
पुल उद्घाटनअघि जिल्ला पार्टी कार्यालय दमौलीबाट जुलुस निकालिएको बास्तोलाले बताए। केन्द्रीय नेतासहितको जुलुस पुल बनेको स्थानमा पुगेर सभासहित उद्घाटन गरिएको छ।
दुई करोड ५४ लाख रुपैयाँ लागतमा गत साल पुल निर्माण सकिएको छ। उद्घाटन गर्न बोलाउने व्यक्तिका विषयमा विवाद भएपछि नेकपा कार्यकर्ता विरोधमा उत्रिएका थिए।
बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो। तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो।
बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन। बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए।
नेता पौडेललाई गिरफ्तारी गरेको विरोधमा नेविसंघ र तरुण दलले आज देशभर प्रदर्शन गरिरहेको छ।
डोटी– नेपाली कांग्रेस डोटीका उप–सभापति लक्ष्मण सिंहले कम्युनिष्टका दिन सकिएको बताए । नेपाली कांग्रेस शिखर नगरपालिकाले संसद विटनका विरुद्ध नगरमा...
डोटी- नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार...
नेपाली कांग्रेस डोटीका सभापती प्रदीपकुमार देउवाले देश अपराधी र भ्रष्टहरूको हातमा पुगेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार देशका सबै...