२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

कैलालीमा जन्तीको गाडी दुर्घटना : दुलहा-दुलहीसहित १३ जना घाइते

धनगढी-कैलालीमा विवाहको गाडी दुर्घटना हुँदा दुलहा-दुलहीसहित १३ जना घाइते भएका छन् । कैलालीको गोदावरीमा गएराति जन्ती बोकेको गाडी दुर्घटनामा परेको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जन्ती बोकेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा परेको जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा दुलाह कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिका– की १९ वर्षीया डम्मरा लावड रहेका छन्।

यस्तै दुर्घटनामा बैलौरी नगरपालिका वडा नम्बर ३ का वर्ष १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिश लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका–८ का १५ वर्षीय शेर लावड, दोगडाकेदार–६ बस्ने २० वर्षीय अर्जुन लुहार, कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिका–३ बस्ने ७ वर्षीय प्रदीप चौधरी घाइते भएका छन्।

कञ्चनपुरकै बेलौरी नगरपालिका–३ का २७ वर्षीय निर्मल चौधरी, २५ वर्षीया राधा चौधरी, दोगडाकेदार गाउँपालिका–६ बस्ने ५० वर्षीय लक्षी लुहार, पुनर्वास नगरपालिका–३ बस्ने २१ वर्षीय राजु कार्की र चालक पुनर्वास नगरपालिका–२ का बिरबहादुर सार्की घाइते भएको प्रहरीले जनाएको छ।

उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार घाइतेहरुको अत्तरियाको पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ मंसिर १८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP