काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको बताएका छन्।
पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि विज्ञप्ति जारी गर्दै देउवाले घटना आपत्तिजनक एवं निन्दनीय रहेको बताएका हुन्। पौडेलेको गिरफ्तारीले सरकारको प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने उद्घोषसमेत देउवाले गरेका छन् ।
‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ,’ देउवाले भनेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु।’
उनले वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा पौडेललाई गिरफ्तार गरिएको भन्दै घटनाप्रति विरोध प्रकट गरेका छन्। उनले अधिनायकवादी अभीष्ट पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन्।
डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...
प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...