२०७७ माघ ९, शुक्रबार
January 22, 2021, Friday
अछाम बस दुर्घटना अपडेट

बस दुर्घटनाका घाइतेको पहिचान खुल्यो : दुईको अवस्था गम्भिर

अछाम – अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ भने १७ जना घाइते भएका छन् । अछामबाट धनगढी जादै गरेको सुदूरपश्चिम यातायात प्रा.ली.को ना ४ ख ९९७२ नम्बरको बस जिल्लाको चौरपाटी गाउँपलिका वडा नम्ब ७ मार्कुमा दुर्घटना भएको हो ।

दुर्घटनामा साँफेबगर नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय निरज कुँवरको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । दुर्घटना घाइते कुँवरलाई उपचारका लागि बयालपाटा अस्पताल लग्दै गर्दाे बाटोमै मृत्यु भएको हो । मृतकको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल लगिएको छ ।
घाइते सबैको अछामको बयालपाटा अस्पतालमा उपचार भैरहेको जिल्ला ट्राफिक कार्यालय अछामका प्रतिनिधी देवेन्द्र खड्काले बताए । घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।

घाइते हुनेमा जिल्लाको चौरपाटी गाउँपालिका वडा नं ५ कि ६५ वर्षीया पार्वती भण्डारी, ४० वर्षीय प्रमानन्द भण्डारी, २३ वर्षीया मनदेवी भण्डारी, मेल्लेख गाउँपालिका वडा नं ७ नन्देगडाकी ३१ वर्षीया यज्ञश्वरी उपाध्याय, ९ वर्षीय डण्ड प्रसाद उपाध्याय, बान्निगढी जयगढ गाउँपालिका वडा नं ५ कालिकाका २४ वर्षीय नरेश रावल रहेका छन् ।

यस्तै साँफेबगर नगरपालिका वडा नं ३ का १७ वर्षका सन्तोष भण्डारी, वडा नं ४ का ४१ वर्षीय टंक भण्डारी, वडा नं ६ भाग्यश्वरका ६० वर्षका कृष्णराज पण्डित र उनकी श्रीमती ५१ वर्षीया बसुन्धुरा पण्डित, भाग्यश्वरकै २७ वर्षका अजय रावल, वडा नं १० घुघुरकोटकी २३ वर्षीया लक्ष्मी बोगटी र वडा नं १३ बाब्लाका ३० वर्षका कृती सिंह कुँवर रहेका छन् ।

दुर्घटनामा कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ की २५ वर्षीया सोनिया चन्द पनि घाइते भएकीछिन् ।

बसमा सवार ३७ जना यात्रु मध्य अन्य यात्रु प्राथमिक उपचार पछि घर फिर्ता भएका छन् । घाइतेका अनुसार बस तिब्र गतिमा रहेको र मोड काट्न नसक्दा दुर्घटना भएको बुझिएको छ । बस सडकबाट अनियन्त्रित भई करिब ६० मिटर तल खसेको थियो ।

Related News

सरकार निरंकुश बन्दैछ : सापकोटा
सरकार निरंकुश बन्दैछ : सापकोटा
  • २०७७ मंसिर १५

खैराला– प्रधानमन्त्री केपी शर्मा ओली अहिले एकपछि अर्को गर्दै निरंकुशतातर्फ गइरहेको नेपाली कांग्रेस कैलाली जिल्लाका सल्लाहकार फणिराज सापकोटाले बताएका छन्...

नेकपाका जिल्ला सदस्य सहित केआईसिंह- ७ थलीको पुरै दलित बस्ती कांग्रेसमा प्रवेश
नेकपाका जिल्ला सदस्य सहित केआईसिंह- ७ थलीको पुरै दलित बस्ती कांग्रेसमा प्रवेश
  • २०७७ मंसिर १५

नेकपाका जिल्ला सदस्य सहित केआईसिंह- ७ थलीको पुरै दलित बस्ती कांग्रेसमा प्रवेश डोटी – केआईसिंह गाउँपालिका -७ थलीगाउँका ४० परिवार...

व्यवस्थित र सेवामुलक बन्दै सुजंङ्ग: पाठेघरका बिरामीले पाउँदैछन् विशेष स्वास्थ्य सेवा
व्यवस्थित र सेवामुलक बन्दै सुजंङ्ग: पाठेघरका बिरामीले पाउँदैछन् विशेष स्वास्थ्य सेवा
  • २०७७ मंसिर १५

डोटी– सुजंङ्ग अस्पताल राजपुर डोटीले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले विशेषज्ञ डाक्टर सेवा सँगै नियमित स्वास्थ्य...

TOP