२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

नेकपा विवाद सत्ता पाउने र नपाउने बीचको झगडा : कांग्रेस केन्द्रीय सदस्य बलायर

कैलाली- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले नेकपा विवाद सत्ता पाउने र नपाउने बीचको झगडा भएको बताए । नेपाल प्रेस युनियन कैलाली शाखाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बलायरले नेकपा शिद्धान्त, विचार र दर्शनका लागि नभै पद र सत्ताका लागि लुछाचुडी गरिरहेको आरोप लगाएका हुन् ।

सत्ता, पावर र पद बिना बस्न नसक्ने कम्युष्टिका नेतृत्वकर्ताहरु सत्ता र पदको भागबण्डा नमिले पछि आपसि झगडामा लागेको बताउँदै केन्द्रीय सदस्य बलायरले यो समस्या समाधान हुन नसक्ने बताए । सत्तामा रहेर पद पावरको दुरुपयोग गरी आफुनिकटका नेता कार्यकर्ता, आफन्त र आफुले मोजमस्ती गर्न नपाएको एकपक्षको आक्रोस र आफु नेतृत्वमा रहेर बिताइरहेको विलासिन जीवन, मोजमस्ती र भ्रष्टाचार छोड्न नसक्ने अर्कोपक्षको अडानले नेकपा विवाद उत्सर्गमा पुगेको उनको भनाई छ ।

बलायरले जनताले कम्न्युष्टलाई परीक्षणका लागि ठुलो जनमत दिएर सरकारमा पुगाए पनि जनभावना अनुरुप काम गर्न नसकेको बताए । ‘नेकपाले नेतृत्व गरेको सरकार वडा देखी केन्द्र सम्म भ्रष्टाचार र अनियमिततामा लिप्त छ, उनले भने,‘सरकारले आफ्नो जिम्मेवारी, जनमत बिर्सेर भ्रष्टाचार अनियमिता गर्दै केही वर्षमै देश खोक्रो बनाइसक्यो ।’

नेपाली कांग्रेसले कम्युनिष्टको सरकार, उनिहरुको आन्तरिक कलह र राजनीतिमा कुनै दखल नराखेको बताउँदै केन्द्रीय सदस्य बलायरले कम्युनिष्टको आन्तरिक झगडाले मुलुकलाई संकटमा धकेल्ने, संविधान, लोकतन्त्र खतरामा पर्ने अवस्था आए कांग्रेस चुप नलाग्ने बताए । नेकपाले दुई तिहाइ बहुमत पाएर सरकार सञ्चालन गरे पनि अहिले नेपाली कांग्रेसलाई गुहार माग्न बाध्य भएको उनको भनाईछ ।

नेकपा सरकार संग आजित भएर जनताले समेत कांग्रेसलाई गुहारी रहेको बताउँदै बलायरले नेकपाले सरकार चलाउन नसके जनचाहना बमोजिम मुलुकको हितका लागि सरकार चलाउन काँग्रेस तयार रहेकोे बताए । जनताले कांग्रेसलाई प्रतिपक्षमा पाँच बर्ष बस्नका लागि जनादेश दिएकोले कांग्रेस प्रतिपक्षमै बस्ने उनको भनाई छ । कसैको सपना र स्वार्थ पुरा गर्न मिसावटी संयन्त्र बनायर कांग्रेस सरकारमा नजाने बलायरले बताए ।

वर्तमान सरकार अझै पनि दम्भको आधारमा चलिरहेको आरोप लगाउँदै केन्द्रीय सदस्य बलायरले भने,‘कम्युनिस्ट सरकारको जनता र देश प्रतिको समर्पणको भाव, खोक्रो राष्ट्रबाद संकास्पद छ । उनीहरू व्यक्तिगत दम्भका कारण टुक्रिएका छन् । यसको मारमा मुलुकलाई पर्न दिन हुन्न ।’

पछिल्लो समय नेपाली कांग्रेस वर्तमान सरकार, कम्युनिस्ट पार्टीको रवैया, व्यथिति, जनताको माग र नेपाली कांग्रेसको महाधिवेशनलाई केन्द्रित पारेर जनताको बीचमा गइरहेको बलायरले बताए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ मंसिर ११

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP