बैतडी- बैतडीको पुर्चौडी नगरपालिका–६ भुमिराजको कुवाकोट–सुुईलेक भिरमा १४ वटा गाई भिरबाट फाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौहत्यामा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेका बैतडीको पुर्चोडी नगरपालिकाका लक्ष्मण पार्कीले गाईहरुलाई भिरमा फालेको बयान दिएका छन् ।
रातीको समयमा भिरबाट गाईहरुलाई पालैपालो फालेको भनेर बयान दिएको बैतडी जिल्ला प्रहरी कार्यलयका डिएसपि नारायणप्रशाद अधिकारीले बताए ।
लक्ष्मण पार्कीले पाटन नगरपालिकाबाट २९ वटा गाई बेच्न लैजाने भनेर लगेको र १५ वटा गाई लाई बेचेको बाँकि १४ वटा गाईलाई पाटन नगरपालिकाको टिप्परले ढोल्यामोड सम्म लगिएको र राती हुनासाथ भिरबाट फालेको स्विकार गरेको उनले बताए ।
निज पार्कीलाई गौहत्या सम्बन्धि मुद्धाको प्रक्रिया अगाड बढाईएको डिएसपि नारायणप्रशाद अधिकारीले बताए । प्रहरीका अनुसार फरार रहेका अर्का सहयोगी शुरेस पार्कीको खोजी भइरहेको जनाएको छ ।
सरिता कठायत, डोटी – नेपाली कांग्रेस डोटी प्रदेश सभा ‘ख’ का क्षेत्रीय सभापति तथा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले...
कांग्रेसको जगमा टेकेर कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए : कांग्रेस सचिव जोशी डोटी – नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले कम्युनिष्टहरूले...
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...