डोटी- शिखर नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने मूल नारासहित अभियानको सुरुवात गरिएको हो ।
शिखर नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा नगरक्षेत्र भित्र महिला हिंसा विरुद्धका नारा लेखिएका प्लेकार्ड सहित ¥याली प्रदर्शन र कोणसभा गरेर अभियानको सुरुवात गरिएको हो ।
नगर प्रमुख सिताराम जोशी, उप–प्रमुख धौली देवी रावल लगायतले सम्बोधन गरेको कार्यक्रममा नगरका सबै वडाका महिला प्रतिनिधि, महिला अधिकारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी, स्थानीय, पत्रकार लगायतको सहभागिता रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत पर्मानन्द शर्माले जानकारी दिए ।
नगर प्रमुख जोशीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले लैङ्गिक हिंसाका बिषयमा सबै नागरिकलाई सचेत गराउने गरेकाले यसको बिशेष महत्व रहेको बताए । महिलाहरु पिडामा रहने खाले कुरिति र हिंसाका विरुद्धमा महिलाहरु एक जुट भएर लाग्न आह्वान गर्दै नगर प्रमुख जोशीले नगरपालिकाले लैङ्गिक हिंसाका घटना हुन नदिन विगत देखिनै विभिन्न कार्य गर्दै आएको बताए । उनले आजबाट शुरुवात भएको यो अभियानलाई नगरले १६ दिन सम्म हिंसा विरुद्धका विभिन्न सचेतना मुलक कार्यक्रम गरेर सफल पार्ने बताए ।
नगर उप–प्रमुख रावलले लैङ्गिक हिंसाका घटना नियमन, नियन्त्रण र न्यूनिकरणका लागि नगर न्यायीक समिति विगत देखि नै सचेत, सजक र जिम्मेबार रहेको बताईन् । ‘हामी लैङ्गिक हिंसाका घटना नियमन, नियन्त्रण र न्यूनिकरणकालागि सचेत छौं,रावलले भनिन्,‘यदि नगरमा यस्ता घटना घटेको खण्डमा कडा कारबाहीका लागि सिफारिस गरिने छ । कहि कतै कसै नगरबासी दिदिबहिनिहरुमा यस्तो समस्या परे सिधै खुलेर न्यायिक समितिमा आउन आग्रह गर्दछु ।’ लैङ्गिक हिंसा विरुद्धको अभियानमा नगरपालिकावाट हुने सहयोगका लागि सधै तयार रहेको उनले बताइन् ।
कार्यक्रममा सहभागि सबैले लैङ्गिक हिंसा अन्त्यको लागि प्रतिबद्धता व्यक्त गर्दै १६ दिने अभियानले उद्येश्यपरक कार्य गर्नेमा विश्वास व्यक्त गरेका थिए ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...