२०७७ चैत्र २९, आईतवार
April 11, 2021, Sunday

सुदूरपश्चिमका ५३ जना प्रहरीमाथि कारबाही : १७७ जना पुरस्कृत

कैलाली– सुदूरपश्चिम प्रदेशका ५३ जना प्रहरीमाथि कारबाही भएको छ भने १७७ जना पुरस्कृत भएका छन् । प्रहरी संगठनविरुद्ध गतिविधि गर्ने ५३ जना प्रहरी कारबाहीमा परेका हुन् । त्यस्तै इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरेका र उत्कृष्ट कार्य गरेका १७७ जनालाई पुरस्कृत गरिएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा संगठनविरुद्ध गलत क्रियाकलाप गर्ने प्रहरी जवानदेखि निरीक्षकसम्मलाई नसिहतदेखि बर्खास्तसम्मको कारबाही गरिएको छ ।

प्रहरी निरीक्षक एक जना, नायब निरीक्षक दुई जना , सहायक निरीक्षक पाँच जना, हवल्दार १४ जना, जवान २८ जना र अन्य तीन जनालाई कारबाही गरिएको प्रवक्ता सिंहले बताए ।

सोही अवधिमा संगठनले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेका र उत्कृष्ट कार्य गरेका एक सय ७७ प्रहरीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा एसएसपी दुई जना, एसपी एक जना, डीएसपी चार र नौजना छन् ।

यस्तै, नायब निरीक्षक २४ जना, सहायक निरीक्षक २० जना , हवल्दार ३९ जना, जवान ७५ जना र अन्य तीनजना पुरस्कृत भएको प्रवक्ता सिंहले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय ८४ जना प्रहरी दरबन्दी रहेकोमा ५ हजार ९ सय ६० जना प्रहरी मात्र कार्यरत छन् ।

Related News

पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
  • २०७७ मंसिर १०

डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...

रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
  • २०७७ मंसिर १०

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...

केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
  • २०७७ मंसिर १०

प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...

TOP