धनगढी– इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी होटलमा युवतीसँग फेला परेको खुलेको छ ।
प्रहरी युनिटलाई कुनै जानकारीबिना सम्पर्कविहीन भएका चौधरीलाई जिल्ला झिकाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले पूर्व-जानकारी नदिएर के कति कारणले सम्पर्कविहीन बनेका हुन् भन्ने विषयमा सोधपुछका लागि जिल्ला बोलाएको बताए। उनले आवश्यक कारबाहीका लागि माथिल्लो निकायलाई सिफारिस गरिएको बताए।
थाहखबरको स्रोतका अनुसार मंगलबार राति ९ बजेपछि एकाएक सम्पर्कविहीन भएका उनि बुढीतोलाको एक होटलमा बुधबार युवतीसँग फेला परेका हुन् । स्रोतका अनुसार उनी, ‘केटीसहित बिहान बुढीतोलामा रहेको एक होटलमा भेटिएका हुन् ।
‘केटी लिएर बुढीतोला जानुभएको रहेछ, डिस्टर्ब हुन्छ होला भनेर फोन अफ गर्नुभयो होला, यता सम्पर्कविहीन भएपछि खोजी हुन थाल्यो।’ स्रोतले दिएको जानकारीअनुसार उनी केटीसँगसहित रंगेहात समातिएका हुन् । प्रहरीले उक्त घट्नालाई लुकाउन खोजीका छन् ।
यता, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले नायव उपरीक्षक चौधरी आज बिहान आफैँ सम्पर्कमा आएको बताएका छन् । युवतीसँग भेटिएको कुरामा सत्यता नभएको र थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक सिहंले भने,‘सम्पर्कविहीन भएपछि खोजी गरेका हौं, उहाँ नेटवर्क नभएको ठाउँमा जानुभएको रहेछ, सम्पर्कमा आइसक्नुभएको छ ।’
उनका अनुसार चौधरीले सूचना संकलन गर्न गएको भने पनि उनीसँग अन्य प्रहरी अधिकृत भने गएका थिएनन् । चौधरीलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको थाहखबरमा तेज बोहराले समाचार लेखेका छन् ।
मंगरवार राति ९ बजेर ५५ मिनेटमा पूवपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमालामा ना ३ ख ५९४२ नम्बरको ट्रकले सु.प.प्र ०१०० प ९७६ को मोटरसाइकललाई ठक्कर दियो ।
मोटरसाइकल चालक गोदावरी नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीय अर्जुन चौधरी र मोटरसाईलकमा सवार २४ वर्षीय प्रेम चौधरी दुर्घटनामा गम्भिर घाईते भए । दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ईलाका प्रहरी कार्यालय मालाखेतीका इञ्चार्ज तथा प्रहरी नायव उपरिक्षक भरत चौधरीको खोजी सुरु भयो । सेट मोनिटरिङमा उनी सम्पर्कमा आएनन् ।
गम्भीर घाइते भएका अर्जुनको उपचारका क्रममा मृत्यु भयो र पनि प्रहरी नायव उपरिक्षक चौधरी सम्पर्कमा आएनन् ।
अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत दुई जना प्रहरीको विभत्स हत्या भएको डेढ महिना नबित्दै प्रहरी नायव उपरिक्षक सम्पर्कविहिन भएपछि कैलाली मात्र नभएर सुदूरपश्चिमका प्रहरी अधिकारी तनावमा थिए । एक जना प्रहरी अधिकारीले भने, ‘डिएसपी साप सम्र्पकविहिन भएपछि कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली रति नै परिचालन गरियो ।’
यता प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उत्तम सुवेदीले सेट मोनिटरिङमा नभेटिएपछि रातिदेखि नै खोजी भएको र खोजीकै क्रममा डिएसपी चौधरी आज बिहान कैलालीकै पहाडी क्षेत्र बुढितोलमा फेला परेको जानकारी दिए ।
‘उनी फेला परेपछि सोधपुछ गर्दा सूचना संकलनको लागि गएको र त्यहाँ फोन नलाग्ने समस्या रहेको जवाफ दिएका छन्,’ डिआईजी सुवेदीले भने, ‘सूचना संकलनकै लागि गएका हुन् वा होईनन् भन्ने विषयमा अहिले अनुसन्धान भईरहेको छ ।’
प्रहरी स्रोतका अनुसार डिएसपी चौधरी आज विहान बुढितोलाको एक होटलमा फेला परेका हुन् । उनी सवार मोटरसाईकल होटल अगाडि भेटिएको थियो भने उनी होटलको एक कोठामा भेटिएका थिए ।
सुदूरपश्चिम प्रदेशमा दुई दिन पानी पर्ने र हिमपातको सम्भावना रहेको...