कैलाली– हिजो रातिदेखि सम्पर्क विहीन भएका कैलालीको अत्तरियास्थित ईलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी सम्पर्कमा आएका छन्।
हिजो राती ९ बजेसम्म सम्पर्कमा रहेका प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी आज विहान कैलालीको बूढीतोलामा सकुसल फेला परेका हुन्।
राती सम्पर्क विहीन भएपछि खोजी थालेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले बताए।
‘उहाँ सम्पर्क विहीन भएपछि रातीबाट हामी खोजी गरिरहेका थियौं’, प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भने, ‘अहिले उहाँ सम्पर्कमा आइसक्नुभएको छ।’ दुर्गम क्षेत्रमा सूचना संकलनका लागि गएको भन्नुभएको छ, थप अनुसन्धान गरिरहेका छौँ।
स्रोतका अनुसार बुढीतोलामा रहेको एक होटलमा भेटिएका चौधरीलाई जिल्ला ल्याउने काम भइरहेको छ।
अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत दुई जना प्रहरीको तस्करद्वारा विभत्स हत्या भएको घटनाको डेढ महिना नबित्दै गएरातीबाट प्रहरी नायव उपरीक्षक चौधरी एकाएक सम्पर्क विहीन भएपछि कैलाली प्रहरीमा हलचल मच्चिएको थियो।
चौधरी सम्पर्क विहीन भएपछि राती नै उनको खोजीका लागि धेरै संख्यामा प्रहरी परिचालन भएको थियो।
कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राती नै प्रहरीको छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो।
मंगरवार राति ९ बजेर ५५ मिनेटमा पूवपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमालामा ना ३ ख ५९४२ नम्बरको ट्रकले सु.प.प्र ०१०० प ९७६ को मोटरसाइकललाई ठक्कर दियो ।
मोटरसाइकल चालक गोदावरी नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीय अर्जुन चौधरी र मोटरसाईलकमा सवार २४ वर्षीय प्रेम चौधरी दुर्घटनामा गम्भिर घाईते भए । दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ईलाका प्रहरी कार्यालय मालाखेतीका इञ्चार्ज तथा प्रहरी नायव उपरिक्षक भरत चौधरीको खोजी सुरु भयो । सेट मोनिटरिङमा उनी सम्पर्कमा आएनन् ।
गम्भीर घाइते भएका अर्जुनको उपचारका क्रममा मृत्यु भयो र पनि प्रहरी नायव उपरिक्षक चौधरी सम्पर्कमा आएनन् ।
अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत दुई जना प्रहरीको विभत्स हत्या भएको डेढ महिना नबित्दै प्रहरी नायव उपरिक्षक सम्पर्कविहिन भएपछि कैलाली मात्र नभएर सुदूरपश्चिमका प्रहरी अधिकारी तनावमा थिए । एक जना प्रहरी अधिकारीले भने, ‘डिएसपी साप सम्र्पकविहिन भएपछि कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली रति नै परिचालन गरियो ।’
यता प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उत्तम सुवेदीले सेट मोनिटरिङमा नभेटिएपछि रातिदेखि नै खोजी भएको र खोजीकै क्रममा डिएसपी चौधरी आज बिहान कैलालीकै पहाडी क्षेत्र बुढितोलमा फेला परेको जानकारी दिए ।
‘उनी फेला परेपछि सोधपुछ गर्दा सूचना संकलनको लागि गएको र त्यहाँ फोन नलाग्ने समस्या रहेको जवाफ दिएका छन्,’ डिआईजी सुवेदीले भने, ‘सूचना संकलनकै लागि गएका हुन् वा होईनन् भन्ने विषयमा अहिले अनुसन्धान भईरहेको छ ।’
प्रहरी स्रोतका अनुसार डिएसपी चौधरी आज विहान बुढितोलाको एक होटलमा फेला परेका हुन् । उनी सवार मोटरसाईकल होटल अगाडि भेटिएको थियो भने उनी होटलको एक कोठामा एक्लै भेटिएका थिए ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...