नेपालमा कोरोना विरुद्धको खोप आयात गर्नका लागि राष्ट्रपतिले भर्खरै अध्यादेश पास गरेकी छिन् । अध्यादेश पास गरेसँगै खोप खरिदका लागि बजेट पनि छुट्टयाईएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।
खोप खरिदका लागि सरकार तयारी अवस्थामा रहेको बताउँदै डा. ज्ञवालीले अध्यादेश जारीसँगै प्रि–भ्याक्सिन, बजेट र यसलाई ल्याएपछि कसरी स्टोर गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको बताए । मूल्य कति पर्छ र कसरी अगाडि बढ्न सकिन्छ भनी छलफल गरिरहेका छौं डा. ज्ञवालीले भने,‘प्रारम्भिक रूपमा ६० देखि ७० अर्ब रुपैयाँ बजेट तयार गरिएको छ ।’
‘अहिले छुट्याएको बजेटले लामो समयसम्मका लागि नपुग्न सक्छ ज्ञवालीले भन,‘ यी सबै विषयलाई मध्यनजर गर्दै नेपाल सरकारले सचिवस्तरीय एउटा कमिटी बनाइसकेको छ । विज्ञहरूबाट परामर्श लिएर काम गर्न निर्देशन दिइएको छ ।’
कोभिड– १९ को खोप बनाउन यतिखेर विश्वका विभिन्न मुलुकहरू लागिपरेका छन् । चीन, अमेरिका, बेलायत र रूसले विकास गरिरहेका १० वटा खोप तेस्रो चरणको ’क्लिनिकल ट्रायल’ मा छन् । अहिले बनिरहेका खोप परीक्षण सफल भए केही समय पश्चात् विश्वका विभिन्न मुलुकमा प्रयोग गरिनेछ । तर, नेपालमा भने अहिले बनेका खोपले अनुमति पाएपनि तत्काल आइपुग्ने अवस्था छैन ।
डोटी – अहिले नेपाली कांग्रेस आन्दोलनमा होमिरहेको बताउँदै आवश्यक परे जनआन्दोलन गर्न समेत पछि नहट्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं...
सरिता कठायत, डोटी – नेपाली कांग्रेस डोटी प्रदेश सभा ‘ख’ का क्षेत्रीय सभापति तथा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले...
कांग्रेसको जगमा टेकेर कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए : कांग्रेस सचिव जोशी डोटी – नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले कम्युनिष्टहरूले...