डोटी- उच्च अदालत दिपायलले तीन लाख धरौटीमा छुटेका बलात्कार आरोपी शिक्षकलाई पुनः थुनामा राखेर कारबाही अगाडी बढाउन आदेश दिएको छ । आफ्नै विद्यार्थी बालिका नाम परिवर्तन काफलीलाई बलात्कार गरेर गर्व राखेको आरोपमा पक्राउ परेका शिक्षक सोपीनाथ भट्टलाई जिल्ला अदालतले तीन लाख धरौटी राखेर तारेखमा छाडेको थियो ।
जिल्ला अदालत सिलगढीको उक्त फैसला बदर गर्दै उच्च अदालत दिपायलले भट्टमाथिको मुद्दासम्बन्धी सक्कल मिसिलका साथै कैफियत प्रतिवेदन अध्ययन पश्चात मुलुकी फौजदारी कार्यबिधी संहिता ,२०७४ को दफा ६७ बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्षको लागि कारबाही अगाडि बढाउन आदेश गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय डोटीले कार्तिक १९ गते आरोपित शिक्षक भट्टलाई पुर्पक्षका लागि तारेखमा छोड्ने जिल्ला अदालतको आदेश बदरका लागि उच्चमा पुनरावेदन गरेको थियो । पीडित छात्रा र उनका आफन्तले जिल्ला अदालतको आदेशले थप मर्माहित र पीडित बनाएको गुनासो राख्दै आएका थिए ।
केआई सिंह गाउँपालिका–४ स्थित झिमेमालिकाका भट्टमाथि १९ वर्षीया छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । शिक्षक भट्टमाथि विभिन्न प्रलोभन र धम्की दिई बलात्कार गरेको आरोप छ ।
जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासले कात्तिक १९ मा आरोपित भट्टलाई तीन लाख रुपैयाँ नगद धरौटी राखेर तारेखमा छोड्ने आदेश दिएको थियो । आईतबार दर्ता भएको पुनरावेदन मुद्दामा सोमबार सुनवाइ गर्दै उच्चका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटीको एकल इजलासले ३ दिनभित्र सुरुको सक्कल मिसिलसमेत साथै राखी कैफियत प्रतिवेदन बुझाउन आदेश दिएको थियो । सोही मिसिलको अध्ययन पश्चात उच्च अदालतले आरोपी भट्टलाई थुन्न बिहिबार आदेश गरेको हो ।
बलात्कार आरोपी भट्टलाई बचाउन राजनीतिक दलका नेता कार्यकर्ताहरुले अदालतलाई समेत प्रभाव पार्ने काम गरिरहेको पीडितका आफन्तको आरोप छ । जिल्ला अदालतको फैसलाले न्याय पाउनेमा संका उत्पन्न भए पनि उच्च अदालतको फैसलाले न्याय पाउने आश जागेको पीडित बालिकाका काकाले बताए ।
पीडित बालिकाको गर्वपतन गराएर डिएनए परीक्षणका लागि प्रयोशालामा पठाईएको छ । जिल्ला अदालतले आरोपी भट्ट अपांग भएको भन्दै डिएनए रिपोर्ट नआउँदै धरौटी राखेर तारेखमा छोडेको थियो ।
डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...
प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...