२०७७ मंसिर १६, मंगलवार
December 1, 2020, Tuesday

११ वटा गाई मारेको आरोपमा बैतडीका एक जना पक्राउ

बैतडी- बैतडीमा मृत अवस्थामा फेला परेका गाई हत्याको आशंकामा एक जना पक्राउ परेका छन् । पुर्चौडी नगरपालिका ५ कुवाकोटका २४ वर्षीय लक्ष्मण पार्कीलाई पक्राउ गरिएको छ । पार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडी ल्याउन लागेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । 

पुर्चौडी नगरपालिका वडा नम्बर ६ को सिगास सामुदायिक वन क्षेत्र अन्तरगतको भेरीखोला मुहानमा ११ वटा गाई मृत अवस्थामा भेटिएका थिए । स्थानीयले केही व्यक्तीले गाई व्यवस्थापन गर्ने भन्दै रकम लिएर ती गाईलाई नियोजित रुपमा भीरबाट खसालेको आशंका गरेका थिए । पाटन नगरपालिकाबाट गाई व्यवस्थापनका लागि जिम्मा पाएकाहरुले नै टिप्परबाट गाई खोलामा खसालेको उनीहरुको आशंका थियो । 

पुर्चौडी नगरपालिकाको कुवाकोटका सुरेश पार्की र लक्ष्मण पार्कीले नगरपालिकासँग सम्झौता गरेर ३४ वटा गाई लिएका थिए । उनीहरुलाई सो नगरपालिकाले प्रति गाई २ हजार रुपैयाँ समेत दिएको पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए । 
 

Related News

सचिवालय बैठकको औचित्य छैन : प्रधानमन्त्री ओली
सचिवालय बैठकको औचित्य छैन : प्रधानमन्त्री ओली
  • २०७७ मंसिर ५

काठमाडौं- आन्तरिक विवादमा रुमल्लिएको नेकपा सचिवालयको बैठकमा दुई अध्यक्षबीचको तिक्तता बढ्दो छ। मंगलबारको सचिवालय बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भए...

केआईसिंह गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार : संयोजकमा भट्टराई
केआईसिंह गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार : संयोजकमा भट्टराई
  • २०७७ मंसिर ५

प्रदेश सरकार शरिरमा भएको गलगाँड डोटी- राष्ट्रिय जनमोर्चाले केआईसिंह गाउँपालिकामा संगठन विस्तार गरेको छ । मंगलबार आयोजना गरिएको गाउँपालिका स्तरीय...

एमालेबाट निर्वाचित डडेल्धुराका  वडाध्यक्षले राजीनामा दिए
एमालेबाट निर्वाचित डडेल्धुराका वडाध्यक्षले राजीनामा दिए
  • २०७७ मंसिर ५

सहकर्मीले असहयोग गरेको भन्दै डडेल्धुराका एक निर्वाचित वडाध्यक्षले राजीनामा दिएका छन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका आलिताल गाउँपालिका–१ का...

TOP