डोटी– सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा मृत्यु भएको हो ।
कार्तिक २९ गतेबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उनको उपचार थालिएको थियो ।
उनको शुक्रबार बिहान १० बजेर २५ मिनेटमा अस्पतालमा मृत्यु भएको सेती अस्पतालको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा दुई दिन पानी पर्ने र हिमपातको सम्भावना रहेको...