२०८० जेष्ठ १४, आईतवार
May 28, 2023, Sunday

ओलीका प्रेस सल्लाहकारले प्रचण्डलाई भने मर्यादाहीन मान्छे

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् । उनले ‘मर्यादाहीन मान्छेलाई अध्यक्ष मान्न वाध्य भयौं’ भनेका छन् ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले पञ्चायतले समेत लगाउन नसकेको आरोप प्रचण्डले ओलीमाथि लगाएको भन्दै मर्यादाहीन मान्छेलाई अध्यक्ष मान्न वाध्य भएको बताएका हुन् ।

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा शुक्रबार बिहानै थापाले प्रचण्डले गैरजिम्मेवार भएर ओलीमाथि आरोप लगाएको समेत बताए ।

नेकपाको सचिवालयको बैठकका क्रममा प्रचण्डले गत शुक्रबार राजनीतिक प्रतिवेदनका रुपमा आरोपपत्र पेश गरेका थिए । उक्त आरोपपत्रमा ओलीले गरेका भ्रष्टाचार र बेथितिका चाङहरु प्रचण्डले बाहिर ल्याएका थिए ।

Related News

सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
  • २०७७ मंसिर ५

काठमाडौं – सरकारले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा रेशम चौधरीलाई रिहाइ...

TOP