२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

कैलालीमा उर्लियो जनसागर : हिन्दु राष्ट्र पुर्नस्थापना, संघियता खारेजी र राजतन्त्र स्थापनाको माग

धनगढी– हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि दवाव दिन देशभक्त समाजले कैलालीमा बृहत मोटरसाईकल ¥याली निकालेको छ । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट निश्केको ¥याली कैलालीकै अत्तरिया हुदै पुन धनगढी पुगेर कोण सभामा परिणत हुने कार्यक्रमका संयोजक रबिन्द्र कार्कीले जानकारी दिए ।

सुदुरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा निष्केको जुलुस तथा ¥यालीमा सयौं युवा तथा समर्थकको सहभागिता रहेको छ । हिन्दु राष्ट्र पुर्नस्थापना, संघियताको खारेजी र संबैधानीक राजतन्त्रको स्थापनाको माग सहित बृहत प्रर्दशन गरिएको आयोजकले बताएका छन् । अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले यसको विरुद्ध प्रदर्शन गरिएको कार्कीले बताए ।

धनगढीदेखि अत्तरियासम्म गरिने प्रदर्शनमा एक सय चार पांग्रे सवारी साधन सहित ३ हजार मोटरसाईकलको सहभागिता रहेको अनुमान प्रबत्ता अशोक मल्लले जानकारी दिए । उनले सुदूरपश्चिम प्रदेशकासबै जिल्लाबाट देशभक्त स्वतन्त्र युवाहरुको ¥यालीमा सहभागिता रहेको जानकारी दिए । उनले भने–‘यो कुनै पार्टीको समर्थन र बिरोधमा नभई स्वतन्त्र देशभक्त युवाहरुको सहभागितामा राष्ट्र बचाउन अभियान चलाईएको हो ।’

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७७ मंसिर ४

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP