२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

अस्पतालको शौचालयमा मर्न थाले कोरोना संक्रमित

५८ वर्षका पुरुषको शौच गर्न गएका बेला शौचालिय भित्रै अक्सिजन अभावमा मृत्यु भएको हो ।

बुटवल । सरकारले कोरोना संक्रमितको परीक्षण, उपचार, क्वारेण्टाइन, आइसोलेसन व्यवस्थापन, संक्रमण रोकथामबाट हात झिकेपछि संक्रमितले अस्पतालको सौचालय, घर तथा बाटोमै ज्यान गुमाउनु परेको छ ।

संक्रमण समुदाय स्तरमा तीव्र रुपले फैलिनुका साथै संक्रमितले उपचार नपाउनु, आर्थिक अवस्था कमजोर भएकै कारण अस्पतालले भर्ना लिन नमान्नुले सर्वधारले दुःख खेप्दै आएका छन् । पछिल्लो समय संक्रमण रोकथामका लागि समेत सरकारले कुनै पहल नचाल्दा संक्रमण समुदायमा तीव्र रुपले फैलिदै गएको छ भने संक्रमित जनाताले उपचार अभावका कारण ज्यान गुमाउनु परेको छ । उता सरकार सत्ताकै खिचातानी र आन्तरिक विवादमा रुमल्लीएको छ ।

रुपन्देहीको तिलोत्तमाका एक जना कोरोना संक्रमितको भैरहवास्थित भीम अस्पतालको शौचालयभित्र मृत्यु भएको खुलेको छ । कोरोना संक्रमणपछि चार दिनसम्म होम आइसोलेसनमा बसेका तिलोत्तमा नगरपालिका नयाँमिलका ५८ वर्षका पुरुषको शौच गर्न गएका बेला शौचालिय भित्रै अक्सिजन अभावमा मृत्यु भएको हो ।

कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएका उनी श्वास प्रश्वासमा समस्या भएपछि २९ गते भिम अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनको कात्तिक ३० गते विहान मृत्यु भएको थियो ।
मृतकका आफन्तले मृत्यु भएको चार दिनपछि अस्पतालको लापरवाहीले विरामीको ज्यान गएको आरोप लगाएका छन् । अस्पतालका चिकित्सक डा. आरिस हुसेनले ढोका लगाएर शौच गर्दा अक्सिजनको मात्रा कम भएर विरामीको ज्यान गएको बताए ।

संक्रमित विरामीले बिहान ३ बजेसम्म परिवारका सदस्यसंंग फेसबुक म्यासेन्जरमा कुरा गर्दै आफ्नो स्वास्थ्य ठिकै रहेको बताएका तर बिहान ७ बजेतिर अस्पतालले बिरामीको मृत्यु भएको जानकारी गराएको मृतकका आफन्त अर्जुन पौडेलले बताए ।

मृतकका आफन्तले संक्रमित बिरामी शौचालयमा झण्डै दुई घण्टा समय बस्दा पनि अस्पतालले थाहा नपाउनु गम्भीर लापरवाही भएको आरोप लगाएका छन् । उनले यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने आफूहरुको माग रहेको बताए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ मंसिर ४

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP