२०७८ आश्विन ९, शनिबार
September 25, 2021, Saturday

धनगढीमा १२ तोला सुन चोरीको आरोपमा २ जना पक्राउ

धनगढी- धनगढीमा १२ तोला सुन चोरी गरेको आसंकामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक २ गते धनगढी उप–महानगरपालिका–५ तारानगरका स्थानीयले आफ्नो घरबाट १२ तोला सुन चोरी भएको भन्ने उजुरी प्रहरी समक्ष दिएपछि प्रहरीले छानविन अघि बढाएको थियो ।

सोही क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरी छानविन सुरु गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रबक्ता प्रहरी निरिक्षक हिक्मत थापाले बताए ।

सुन चोरी भएको उजुरी प्रहरी कार्तिक २ गते आएपनि कहिले सुन चोरी भयो भन्ने बारेमा भने कुनै जानकारी नभएको प्रहरी निरिक्षक थापाले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीका २५ बर्षे हर्क गिरी र थप १ जना रहेका छन् । पक्राउ परेका दुवै जनामाथी आवश्वक अनुसन्धान भइरहेको थापाले बताए ।

Related News

समाज कल्याण परिषदका पदाधिकारीले दिए सामूहिक राजीनामा
समाज कल्याण परिषदका पदाधिकारीले दिए सामूहिक राजीनामा
  • २०७७ मंसिर ३

काठमाडौं – सरकार परिवर्तन भएसँगै समाज कल्याण परिषद्का पदाधिकारी पनि बाहिरिएका छन् । तत्कालिन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले...

चितवनबाट बादलले भने, ‘अबको चुनाव प्रचण्ड भर्सेस बादल हुन्छ’
चितवनबाट बादलले भने, ‘अबको चुनाव प्रचण्ड भर्सेस बादल हुन्छ’
  • २०७७ मंसिर ३

काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा‘बादल’ले आफू प्रचण्डसँग चुनाव लड्न तयार भएको बताएका छन् । आज...

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, विधान महाधिवेशनबारे छलफल
एमालेको केन्द्रीय कमिटी बैठक सुरु, विधान महाधिवेशनबारे छलफल
  • २०७७ मंसिर ३

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको हो ।...

TOP