सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिन प्रस्ताव राखेका छन्।
बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकमा पौडेलले नेकपाभित्र अहिले जारी विवाद कायम रहे आफूहरू कम्युनिष्ट आन्दोलनको अन्तिम मलामी हुने बताएका थिए।
‘यस्तो हुन नदिन हामी नौ जनाले नै सचिवालय सदस्यबाट राजीनामा दिऔं र स्थायी समितिमा नयाँ पुस्तालाई सचिवालयमा ल्याउन प्रस्ताव लैजाऔं,’ पौडेलले बैठकमा भनेको कुरा उल्लेख गर्दै स्रोतले भन्यो।
उनको प्रस्तावमा कुनै निर्णय भने भएन।
धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...