२०७८ श्रावण ८, शुक्रबार
July 23, 2021, Friday

ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने गरी १० दिनपछि पुन: सचिवालय बैठक बस्ने

काठमाडौं– सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन्। 

लामो अन्योलपछि बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले दस्ताबेज लेख्न आफूलाई १० दिन समय मागेपछि यस्तो सहमति भएको हो।

ओलीको प्रस्ताव, दाहालले यसअघि पेस गरेको राजनीतिक प्रस्ताव र यसअघि प्रस्तुत सबै सामग्रीसमेतमा छलफल गर्ने गरी मंसिर १३ गते सचिवालय बैठक तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए। 

बुधबारकाे बैठकको सुरुमा ओलीले सम्बोधन गरेका थिए  बैठक करिब ढेड घण्टा चलेको थियो ।

लामो रस्साकस्सीपछि गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्ने प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओलीको अडानका कारण बुधबारको बैठक अनिश्चित जस्तै बनेको थियो। 

प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालन गर्न नसकेको, उनले उपयुक्त निकास दिएर योगदान दिनुपर्ने जस्ता आक्षेप दाहालको प्रस्तावमा थियो। 
सोही कारण ओली पक्षले दाहालले प्रस्ताव फिर्ता नलिए बैठक सार्ने दबाब दिँदै आएको थियो। 

तर दाहाल पक्षले भने प्रस्तावमा सचिवालयका पाँचै सदस्यको धारणाका रुपमा आएकाले यसलाई फिर्ता नलिने बरु बैठकबाटै सबै निर्णय गर्ने अडान राख्दै आएको थियो। 

यसबीचमा चिनियाँ राजदूतको चलखेल, राष्ट्रपति विद्यादेवी भण्डारीको संविधानविपरीत सक्रियता र दोस्रो तहका नेताहरुको दबाबपछि नेकपा सचिवालयको बैठक निर्धारित समयमै बसेको हो। फुटको संघारमै पुग्न लागेको नेकपाको यो सचिवालय बैठकले विवाद मत्थर हुने संकेत देखिएको छ।
 

Related News

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
  • २०७७ मंसिर ३

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७७ मंसिर ३

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७७ मंसिर ३

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

TOP