डोटी- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र त्यसले निम्त्याएको बन्दाबन्दीका कारण नेपालमा सामाजिक, आर्थिक, पर्यटन, शिक्षा, स्वास्थ्य, धार्मिक तथा सांस्कृतीक क्षेत्रमा ठुलो असर परेको छ ।
विश्वव्यापीरूपमा फैलिएको कोरोनाका कारण अधिकांश पर्यटकीय गन्तव्य सुनसान हुन थालेका छन् । मेला पर्व हुने ठाउँ पुजा आजामा सिमित छन् । शैक्षिक संस्था लगभग ८ महिना देखि बन्द छन् । होटलका धेरै जसो कोठाहरु खाली छन् । होटल भाडामा लिएर व्यावसाय सञ्चालन गर्ने व्यवसायीहरु संकटमा छन् । अर्थतन्त्रमा होटल ब्यवसाय ,रेमिट्यान्स र पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्छन् । यी दुवै क्षेत्र एकसाथ ओरालो लागे पछि त्यसले अर्थतन्त्रमा समेत निक्कै असर परेको छ ।
बिशेषतः कोभिड १९ को बढ्दो संक्रमण र त्यसले निम्त्याएको बन्दाबन्दीका कारण पर्यटन व्यावसाय, होटल व्यावसाय तहसनहस नै भएको छ भने शिक्षा क्षेत्रमा गम्भिर रुपमा प्रभावित भएको सम्बन्धित क्षेत्रका व्यावसायीहरु बताउँछन् ।
कोरोनाका कारण पर्यटन क्षेत्रमा सबैभन्दा बढी असर परेको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा यो सिजनमा मेला पर्व भर्न आन्तरिक तथा बाह्य पर्यटक सधै भरिभराउ हुने भएपनि यो वर्ष धेरै पर्यटकीय ठाउँमा पर्यटकको संख्या शून्यप्रायः छ । पर्यटन तथा होटल व्यावसायी नन्दन कार्की कोराना भाइरसका कारण नेपालको पर्यटकीय क्षेत्रमा २०७२ सालको विनाशकारी भूकम्पभन्दा भयावह अवस्था सिर्जना भएको बताउँछन् ।
‘भूकम्पमा भोलेन्टियरका रूपमा विदेशीहरू आएका थिए, विश्वव्यापीरूपमा आर्थिक सहायता आएको थियो तर अहिलेको अवस्था त्यो भन्दा दयनीय छ,’ कार्की भन्छन्, ‘पर्यटकीय गतिविधि ठप्प हुँदा यसले अर्थतन्त्रमा खतरा निम्त्याउने देखिन्छ । पर्यटकीय क्षेत्र धरासायी हुनु भनेको ७ देखि १२ महिनासम्म अर्थतन्त्र नै कठिन अवस्थामा पुग्नु होे ।’
डोटी उद्योग बाणिज्य संघका महासचिव तथा पर्यटन व्यावसायी दिपक बहादुर खड्का कोरोना संक्रमणको सबैभन्दा ठूलो असर होटल ब्यवसाय र पर्यटन क्षेत्रमा पुगेको बताउँछन् । झिग्रानामा ५६ लाखको लागतमा खप्तड होम स्टे संचालक समेत रहेका खड्का चैत देखि असार सम्म सुदूरपश्चिममा मात्र ६ अर्ब बढी ब्यापार ब्ययसाय र पर्यटनमा घाटा भएको सुनाउँछन् ।
अघिल्लो वर्षको चैत देखि कार्तिक सम्मको तुलनामा यो वर्ष पर्यटकिय स्थल खप्तड घुम्न ,मठ मन्दिरमा घुम्न आउने पर्यटकको संख्यामा झन्डै ७० प्रतिशत कमी रहेको व्यावसायी खड्का बताउँछन् । कोरोनाले गर्दा पर्यटन व्यावसायका लागि मुख्य सिजन रहेको समयमा पर्यटक नआउनु दुःखद रहेको र अहिलेकै अवस्था रहिरहे अबको एक÷दुई वर्षमा नेपालको पर्यटन व्यवसायले संकट भोग्नुपर्ने उनको भनाइ छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर भ्रमण वर्ष सुरु नहुँदै कोरोनाले विश्वलाई नै तरंगित पारेपछि सरकारले भ्रमण वर्ष स्थगित गरेको थियोे ।
चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण विश्वव्यापीरूपमा फैलिए पछि यसले नेपाल लगायत सुदूरपश्चिमको पर्यटन क्षेत्रमा नराम्रो धक्का पुगेको छ । नेपालमा पनि दिनहुुँ मृत्यु हुने र सक्रमित दर वढेसंगै पर्यटको आकर्षणमा निकै कमि आएको डोटी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताए ।
नेपालले विश्व पर्यटनको ०.१ र दक्षिण एसियाको ५.७ प्रतिशत पर्यटक भित्राउने विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनहरुमा उल्लेख छ । आर्थिक वर्ष २०७४–७५ को तथ्यांक हेर्ने हो भने पर्यटन क्षेत्रबाट देशलाई ४७ अर्ब ९ करोड रुपैयाँ आम्दानी भएको थियो । आर्थिक वर्ष ०७५–०७६ मा झन्डै ७३ अर्ब आम्दानी भएको छ । नेपालको कुृल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको ३ प्रतिशत योगदान छ । भ्रमण वर्षमार्फत आगामी १० वर्षमा १० प्रतिशत पु¥याउने लक्ष्य सरकारको थियो । तर कोरोना संक्रमणको विश्वव्यापी प्रभावले सरकारको लक्ष्यमा झट्का लागेको छ ।
कोभिड–१९का कारण डोटीको सदरमुकाम सिलगढी र दिपायल क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्ट लगायत आर्थिक कारोबार हुने क्षेत्रमा यसको प्रभाव पर्दै गएको छ । घर भाडामा लिएर होटल व्यावसाय सञ्चालन गरेका व्यावसायीहरु पेशाबाटै पलायन हुनुपर्ने अवस्था सृजना भएको बताउँछन् ।
सधैं भरी होटल कोठा भरीभराउ हुने शैलेस्वरी गेस्ट हाउस यतिबेला सुनसान देखिन्छ । शैलेश्वरी गेस्ट हाउसका संचालक बसन्त जोशीले कोरोना भाइरसका कारण चैत्र देखि व्यापारको अवस्था निक्कै नाजुक भएको गुनासो गरे । उनले भने ,’ ८ महिना देखि होटल पूर्ण रुपमा बन्द छ । कोरोनाको त्रासले मानिसहरु नचले पछी कर्मचारीलाई पाल्न धौधौ भएपछि होटल व्यावसाय नै बन्द गर्नु अवस्था आयो ।’ पछिल्लो समय लकडाउन नभएका कारण केही मात्रामा गेष्टहरु आउने गरेको बताउँदै जोशीले तिहार लगत्तै सरसफाइ गरेर पुनः होटल सञ्चालनमा ल्याउने तयारी भएको बताए ।
कोरोना भाइरसको डरका कारण मान्छेहरुको आवतजावत कम भएपछि स्वतः होटलमा प्रभाव पर्ने गरेको होटल व्यावासायी सिद्धराज जोशीले बताए । ‘कोरोनाको त्रासले चैत यता होटलको हलमा एउटा तालीम समेत सञ्चालन भएको छैन । मानिसहरु कम भए कसले खाना खाने, को बास बस्ने ?’ जोशीका अनुसार पहिलेको तुलनामा अहिले उनको ७५ प्रतिशत व्यापार घटेको छ ।
‘हाम्रो व्यापार घटिरहेको छ तर भाडा भने घटेको छैन । स्टाफहरु पनि छन्। यसको प्रभाव त धेरै परेको छ, जोशीले भने,‘ चैत अगाडी सबै कोठा बुकिङ हुन्थे, होटल प्याक हुन्थ्यो, व्यावसाय ठिकै थियो, सरकारलाई त्यही अनुसारको कर पनि तिरिन्थ्यो तर अहिले दिनको दुई÷तीन रुम पनि मुस्किलले गइरहेको छ ।’ जिल्लामा मानिसहरुको चहलपहल घटेपछि त्यसको प्रभाव होटल व्यवसायमा परेको बताताउँदै होटल तथा पर्यटन व्यावसायलाई पहिलेको अवस्थामा फर्काउन सरकारले पहल गर्नुपर्ने बताए । कोरोना भाइरसको संक्रमण होटलबाट नफैलियोस् भनेर पूर्ण रुपमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालन गरेर व्यवासाय सञ्चालन गरेपनि संक्रमणको त्रासले गर्दा ग्राहकहरु अझै चल्ल नसकेकाले व्यावसाय संकटमा रहेको उनको भनाई छ ।
दिपायलको पिपल्ला बजारमा होटल ब्यवसाय गर्दै आएका होटल बर्षाका संचालक गणेश बोहराको पनि उस्तै दुखेसो छ । होटलका संचालक बोहराले कोरोना भाइरसका कारणले होटलमा निक्कै प्रभाव परेको बताए । उनले पहिले भरिभराउ हुने होटल अहिले त्यति नभएको बताए । ‘कोरोना महामारी अघि होटलका सबै कोठाहरु प्याक हुन्थ्यो,’ उनले भने, ‘तर अहिले कोरोनाका कारणले आधि नै खाली हुन्छ ।’
बोहराले कोरोना महामारी नेपालमा भित्रीय पछि अग्रिम बुकिङहरु पनि क्यान्सिल हुने गरेको बताए । ‘खासमा हाम्रोमा रेगुलर ग्राहक नै आउँछन्,बोहराले भने,‘सधैं आउने ग्राहकले अग्रिम बुकिङ गर्थे तर अहिले कोराना कहर बढे पछि केहीमात्रामा कोठाहरु बुकिङ भएता पनि क्यान्सिल हुने गरेछन् ।’ उनका अनुसार पहिलेको तुलनामा अहिले व्यापार ७० प्रतिशतले घटेको छ ।
यता, सत्कार होटका सञ्चालक खेमराज भण्डारीको पनि उस्तै समस्या छ । भण्डारीका अनुसार कोरोना भाइरसका कारणले व्यापारमा ६५ प्रतिशतले गिरावट आएको छ । उनले भने, ‘पहिलेको तुलनामा कोरोना भाइरसका कारणल अहिले व्यापार आधा भन्दा बढी घटेको छ । लकडाउनमा त झन् सुन्यमा थियो ।’
दिपायल सेती प्राबिधिक गेट नजिक आर.एस.सेकुवा एण्ड रेस्टुरेन्टका सन्चालक रमेश जोराले कोरोनाका कारण व्यापार ओरालो लागेको बताए । उनले पहिलेको तुलनामा अहिले ग्राहकहरु निकै कम आउने गरेको उनि बताउँछन् । ‘कोरोनाका कारणले व्यावसाय संकटमा परेको छ । बैंक किस्ता तिर्नका लागि कि अन्तबाट ऋण लिनु प¥यो कि जोडेको सम्पति बेचेर तिर्नु प¥यो,’ जोराले भने,‘ लकडाउनमा शुन्यमा व्यापारघाटा ब्यहोर्नु प¥यो त्यसलाई मात्र रिकभर गर्न अझै वर्षौ लाग्न सक्छ ।’ पछिल्लो समय अलिअलि व्यापार भए पनि ग्राहकहरु धेरै नै घटेका छन् । बजारमा महंगी बढ्दै गएकोछ । यसले व्यावसायमा निकै असर परिरहेको छ ।’
होटेल ब्यवसायी संघ डोटीका अध्यक्ष तथा सिम्रन होटलका संचालक राजेन्द्र शाहीले कोरोनाको मारमा सबैभन्दा बढी होटल व्यावसायीहरु परेको बताए । उनले भने,’ पाँच महिना जति त होटल व्यावसायीहरु निक्कै मारमा थिए । होटलको घरभाडा, बैंकको किस्ता हाल्न नसकेर कतिपयले व्यवासाय समेत छोड्नु पर्ने बाध्याता आएको थियो तर अहिल लकडाउन पछि बिस्तारै व्यावसाय सुधारोन्मुख तिर छ ।’
संक्रमणका कारण सृजित लकडाउन, प्रवासबाट आएका नेपालीहरुका लागि क्वारेण्टाइन बनेका विद्यालय र शैशिक्षक संस्थाबाट कोरोना तिव्ररुपमा फैलिन सक्ने त्रासका कारण शिक्षा क्षेत्रमा पनि यसको गम्भिर असर परेको छ । ८ महिना देखि कोरोना संक्रमणको विरुद्घ सावधानीस्वरूप बन्द गरिएका शैक्षिक संस्थाका कारण समाजले उच्च शैक्षिक, आर्थिक र सामाजिक क्षति व्यहोर्नुप¥यो । कोरोना भाइरस संक्रमणको अनुभवमा यस्तो प्रभाव सबैभन्दाबढी सिकाइ उपलब्धि कम भएका, विद्यालय छोड्ने दर बढी भएका र यस्ता संकटको प्रतिरोध क्षमता कम भएका मुलुकमा पर्ने गरेको छ ।
जिल्ला शिक्षा विकास तथा सम्वनय इकाई डोटीका प्राबिधिक सहायक पदम बहादुर साउँदका अनुसार जिल्लामा संचालित चार सय ४७ विद्यालय, क्याम्पस चैत यता बन्द छन् । ‘यो परिस्थितिले एकातर्फ विद्यार्थीको पढाइमा गतिरोध आइरहेको छ भने अर्कोतर्फ विद्यालयमा हुने पठनपाठनका अतिरित्त मानवीय अन्तरक्रियाबाट पनि उनीहरू वन्चित हुनेछन्,’ साउँदले भने,‘यसरी लामो समय शिक्षालय बन्द हुँदा विद्यार्थीको औपचारिक शिक्षामात्र नभई सामाजिक र व्यवहारिक विकासको निम्ति आवश्यक अनौपचारिक सिकाइ समेत अवरुद्ध भएको छ ।’
विद्यार्थीको भबिस्यबलाई मध्यनजर गर्दै साउन देखि जोरायल गाउँपालिका अन्तर्गतका विद्यालय र कार्तिक देखि शिखर नगरपालिका अन्तर्गतका विद्यालय स्थानीय तहले जोखिम मोलेर संचालनमा ल्याएको साउदले जानकारी दिए ।
लामो समयको विद्यालय बन्दले विद्यार्थीको विद्यालय छोड्ने दर बढाउने खतरा रहेको प्राबिधिक सहायक साउँदले बताउँछन् । महिनौं दिन खाली बस्दा विद्यार्थीको बानी बिग्रने र झगडा गर्ने, नपढ्ने, बरालिने, सामाजिक सञ्जालमा समय बिताउने, कुलतमा लाग्ने जस्ता सम्भावना बढ्ने भएकाले यस्तो बेला अभिभावकमा उनीहरूलाई सच्याउने दायित्व पनि थपिदै गएको उनको भनाई छ ।’
लामो समय शिक्षालय बन्द हुँदा विद्यार्थीको औपचारिक शिक्षामात्र नभई सामाजिक र व्यवहारिक विकासको निम्ति आवश्यक अनौपचारिक सिकाइ पनि अवरुद्धहुन जाने पदम पब्लिक मुक्ति नारायण विद्यालयका सामाजिक विषयक शिक्षक हिक्मत शाहीले बताए । यस्तो परिस्थितिले कतिपयलाई सामाजिक अलगावको तहसम्म पु¥याउन सक्छ,’ शाहीले भने, ‘महामारीले कतिपय शिक्षालयको वार्षिक शैक्षिक क्यालेन्डर नै प्रभावित गर्नेछ र दीर्घकालमा यसले शिक्षालयहरूको पठनपाठन विधिमा नै केही परिवर्तन गराउने छ ।’ विद्यालय समय घट्न जाँदा या त कोर्स अपूरो हुने या त अति दबाबमा रहेर कोर्स पूरा गर्नुपर्ने हुँदा विद्यार्थीको सिकाइ उपलब्धिमा कमी आउने र परीक्षा तालिका प्रभावित हुँदा विद्यार्थीमा तनाव पैदा हुने उनको भनाई छ ।
संस्कृतिविद् एवं प्राध्यापक डा. बद्री शर्मा विनाडी महिनौ देखि शिक्षालय बन्द हुँदा विद्यार्थीको औपचारिक शिक्षामात्र नभई सामाजिक र व्यवहारिक विकासमा बाधा पुग्ने भएकोले यस विषयमा सरकारले अहिलेदेखी नै गृहकार्यमा जुट्नुपर्ने बताउछन् । उनले भने ,’ अविकसित मुलुक जहाँ शिक्षामा लैंगिक विभेद हुन्छ त्यहाँका शिक्षालय बन्द हुँदा सबभन्दा बढी छात्रा प्रताडित हुनसक्छन् । छात्रभन्दा तिनीहरूको विद्यालय छाड्ने दर बढ्न सक्छ । यसले शिक्षामा लैंगिक असमानता पैदा गर्ने मात्र नभई कतिपय समुदायमा वयस्क केटीले चाँडो र बलजफ्ती विवाह, यौनशोषण जस्ता समस्या झेल्नुपर्ने र बालविवाह बढ्ने सम्भावना हुन्छ । ’
आर्थिक रूपले कमजोर परिवारले शिक्षामा हुने खर्च कटौती गर्न यही निहुँमा छोरीहरूलाई विद्यालय छोडाउन सक्छन् । विद्यालय शिक्षाबाहेक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका शैक्षिक सेमिनार, गोष्ठी, अन्तरक्रिया जस्ता कार्यक्रम रोकिनाले पनि विभिन्न विधामा आधारित ज्ञानको आदानप्रदानबाट बौद्घिक जगत् र नीतिनिर्माता वन्चित हुनुपरेको डा. विनाडीले बताए ।
शैशिक्षक संस्थाहरु लामो समय बन्द गर्नुपर्ने अवस्थाले बालबालिका, विद्यालय, शिक्षक, विज्ञ, अभिभावक, समुदाय र मुलुकलाई नै असर परेको दिपायल स्थित सुजङ्ग स्कुलका सञ्चालक नरेश बलायर बताउँछन् । विद्यार्थीहरुको पढाई सँगसङ्गै निजी तथा सामुदायिक विद्यालयहरु संकटमा परेको बलायरले बताए । कोरोना कहरका बीच शैक्षिक संस्था बन्द भएपछि सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरु, सरकारी विद्यालयमा निजी स्रोतबाट सेवारत शिक्षकहरु समेत पेशाबाट पलायन हुने अवस्था आएको उनको भनाई छ ।
विद्यार्थीको दैनिक पढाई, सहभागिता र गुणस्तरीय शिक्षाका आधारमा अभिभावकबाट शुल्क लिएर सञ्चालनमा रहेका विद्याय र त्यसमा कार्यरत शिक्षक कर्मचारीमा ठुलो असर परेको बलायरले बताए । उनले लामो समयको बन्दाबन्दीका कारण मुलुकभर लाखौ शिक्षकहरु वेरोजगार भएको र कतिपय पेशाबाटै पलायन हुने अवस्था सृजना भएको बताए । अव शैक्षिक संस्था बन्द भन्दा पनि सचेतना अपनायर सञ्चालनमा ल्याउनु विकल्प नरहेको उनको भनाई छ ।
नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय सञ्जाल (इन्जा)को सहकार्यमा तयार पारिएको रिपोर्ट
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...