२०८० जेष्ठ १४, आईतवार
May 28, 2023, Sunday
दार्चुला र बैतडीसँगको नाका खुला गर्न माग

नेपालसँगको व्यापार रोकिएपछि भारतीय व्यापारी संकटमा

भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाका ब्यापारीहरुले नेपालसँग व्यापार पुनः सुचारु गर्न माग गर्दै सिमानामा रहेको पुल खोल्न माग गरेका छन् ।

काली नदीमा रहेको झोलुङ्गे पुले भारतको उत्तराखण्डको धार्चुला र नेपालको दार्चुला जिल्लालाई जोड्ने गर्छ । मार्च २५ मा नेपालले लकडाउनको घोषणा गरेलगत्तै सो पुल बन्द गरिएको छ । सो पुल मार्फत नेपाल आएर भारतीय व्यापारीहरुले गार्मेन्ट, गरगहना र अन्य सामाग्रीहरु बेच्ने गर्दछन् ।

भारतीय व्यापारी पिथोरागढ र बैतडी जोड्ने झुलाघाटको पुल समेत खोल्न दवाव दिदै आएका छन् ।

लकडाउन हटेपनि कोरोनाको सम्भावित संक्रमणलाई दृष्टिगत गरेर बन्द गरिएको छ । अहिले सो पुल कुनै आपतकालीन प्रयोजनको लागि मात्र खुल्ने गरेको छ ।

भारतीय व्यापारीहरुले पुल खोल्न माग गर्दै पुलमा धर्ना दिन थालेका छन् । पुल बन्द हुँदा आफ्नो ब्यापार नराम्रोसँग प्रभावित भएको भारतीय व्यापारीहरुले बताएका छन् ।

Related News

सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
  • २०७७ मंसिर २

काठमाडौं – सरकारले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा रेशम चौधरीलाई रिहाइ...

TOP