२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

विप्लव समूह र प्रहरीबीच गोली हानाहान

विप्लव समूह र प्रहरीबीच गोली हानाहान

सङ्खुवासभा । चैनपुर नगरपालिका –४ मैदाने सङ्खुवासभामा नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गोली हानाहान भएको छ।

सोमबार बिहान ११ बजे गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहबीच गोली हानाहान भएको सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए ।

प्रहरीको नियमित गस्तीमाथि समूहका कार्यकर्ताले पहिले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फाइरिङ खोल्नुपरेको मल्लले बताए। दुवैतर्फको गोली हानाहानबाट कुनै पनि मानवीय क्षति नभएको उनले बताए ।

गोली हानाहान पछि उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। पछिल्लो समय घटनास्थल मैदानेमा सशस्त्र र नेपाल प्रहरीसहित ५० भन्दा बढी सुरक्षाकर्मी खटाइएको प्रहरी प्रमुख मल्लले जानकारी दिए ।

घटनास्थलमा सशस्त्र प्रहरी अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट थप सुरक्षाकर्मी पुगेका छन् ।

घटनास्थल आसपास सुरक्षाकर्मी परिचालन गरेर समूहका कार्यकर्ताको खोजी तीव्र पारिएको र अहिलेसम्म कोही फेला नपरेको प्रहरी प्रमुख मल्लले बताए ।

Related News

नेपाल र चीनबीच १२ बुँदे सम्झौता
नेपाल र चीनबीच १२ बुँदे सम्झौता
  • २०७७ मंसिर १

काठमाडौ – नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १२ वटा...

TOP