२०७७ मंसिर १७, बुधबार
December 2, 2020, Wednesday

सुदूरपश्चिममा तिहार लक्षित सुरक्षा योजना लागु : ५ हजार बढी प्रहरी परिचालन

कैलाली- चाडपर्वमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न सुदूरपश्चिममा तिहार लक्षित सुरक्षा योजना लागु गरिएको छ । सम्भाविय अपराधिक घटनाहरुलाई ध्यानमा राखेर प्रहरीलाई हाई अलर्टमा राखिएको हो ।

दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सार्वजनिक गरेको एकिकृत सुरक्षा योजनालाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न सक्रियता बढाएको प्रहरीको दाबी छ । चाडपर्वको अवधिमा हुन सक्ने सम्भावित आपराधिक गतिविधिलाई नियन्त्रण ५ हजार भन्दा बढी प्रहरी परिचालन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए ।

सादा पोशाकमा प्रहरी परिचालनसंगै साइकल गस्ती, पेट्रोलिङ लगायतका अन्य कामहरु भईरहेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले जानकारी दिए । यसैबीच प्रदेशमा तिहारकै अवधिमा हुन सक्ने दुर्घटनालाई समेत ध्यानमा राखेर ट्राफिक व्यवस्थापनलाई थप कडा परिएको छ । क्षमताभन्दा बढी यात्रु ओसार पसार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र तीव्र गतिका कारण दुर्घटना हुने गरेका छन् । जसलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको जनाएको छ ।

नियमित चेक जाँच संगै, सरप्राईज चेकिङ, टाइम कार्डको पुर्ण कार्यान्वयन लगायत अन्य एकिकृत योजनाहरु लागु गरिएको प्रहरीको भनाइ छ । यता जिल्ला प्रशासन कार्यालय कैलालीले पनि कोरोना संक्रमणबाट सुरक्षित रहेर तिहार मनाउन आग्रह गर्दै आएको छ । यो अवधिमा हुने देउसी भैलो लगायतका कार्यक्रममा रोक लगाइएको छ भने जमघट र धेरै आवातजावात नगर्न आम जिल्लावासीलाई निर्देशन दिएको कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए । 

Related News

सुदूरपश्चिम प्रदेशको बजेट खर्च र राजस्व संकलन बढ्यो
सुदूरपश्चिम प्रदेशको बजेट खर्च र राजस्व संकलन बढ्यो
  • २०७७ कार्तिक ३०

कैलाली- चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च गत आवको सोही अवधिको भन्दा बढेको छ ।...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको कोरोना ‘विर्साउने’ सभा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको कोरोना ‘विर्साउने’ सभा
  • २०७७ कार्तिक ३०

डोटी– खुल्ला चौरमा भीमकाय ‘टेन्ट’ गाँडेर आकर्षक मञ्च तयार पारिएको छ । जहाँ आलिसान सोफा, रोष्टम, टेबल र कुर्सीहरुको प्रबन्ध...

केआईसिंह गाउँपालिकामा अस्पताल निर्माण गर्न ९ रोपनी जग्गा दान
केआईसिंह गाउँपालिकामा अस्पताल निर्माण गर्न ९ रोपनी जग्गा दान
  • २०७७ कार्तिक ३०

डोटीः डोटीमा अस्पताल निर्माण गर्न स्थानीयले जग्गा दान गरेका छन्।  जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ मा १० शैयाको अस्पताल निर्माणका...

TOP