२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

डोटीका पहिलो जिविस सभापति तथा कांग्रेस नेता उपाध्यायको निधन

डोटी- नेपाली कांग्रेस डोटीका नेता, पूर्व जिल्ला विकास समितिका सभापति केशबराज उपाध्यायको निधन भएको छ । दमका बिरामी नेता उपाध्यायको उपचारका क्रममा नेपालगञ्ज स्थित कोहलपुर अस्पतालमा निधन भएको हो ।

काठमाण्डौंबाट दशैंका लागि कैलाली आएका ७४ वर्षीय नेता उपाध्यायको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज स्थित कोहलपुर अस्पताल लगिएको थियो । उनको आइतबार बिहान अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बहुदल आएपछि २०५९ सालमा जिल्ला विकास समितिको पहिलो सभापतिमा निर्वाचित उपाध्याय विद्यार्थी जीवनकाल देखि नै राजनीतिमा सक्रिय थिए ।

नेता उपाध्यायको कैलाली स्थित टिकापुरमा आजै दाहसंस्कार गरिने नेपाली कांग्रेस डोटीका नेता लक्ष्मीराज पाठकले जानकारी दिए ।

डोटीको बोगटान फुड्सील गाउँपालिका वडा नं. ७ खत्याडी निवासी नेता उपाध्यायका पत्नी र तीन छोरा छन् ।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ कार्तिक ३०

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP