२०७८ माघ ६, बिहीबार
January 20, 2022, Thursday
प्रचण्डमाथि खनिए ओलीका प्रेस सल्लाहकार

प्रचण्डले पेश गरेको प्रस्ताव तथ्यको नांगो भ्रष्टीकरण भएको आरोप

प्रचण्डमाथि खनिए ओलीका प्रेस सल्लाहकार

काठमाण्डौं- नेकपा केन्द्रीय सदस्य एवम् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा प्रचण्डमाथि खनिएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव तथ्यको नांगो भ्रष्टीकरण भएको आरोप लागउँदै थापाले उक्त प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन् ।

अध्यक्ष दाहालले एकल रुपमा पेश गरेको राजनीतिक प्रस्ताव माथि टिप्पणी गर्दै थापाले सामाजिक सञ्जालमा आक्रोस ब्यक्त गरेका हुन् । थापाले उक्त प्रतिवेदन फिर्ता नलिए नेकपामा कुनै तहका बैठक र छलफल हुन नसक्ने उल्लेख गरेका छन् । यस्तो अवस्थामा भएका संवाद पनि शत्रुवत् र निरर्थक बन्न पुग्ने उनको भनाइ छ ।

थापाले समाजिक सञ्जालमा लेखेका छन्,‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण हो’ उनले लेखेका छन्, ‘यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुन सक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो ।’

शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष दाहालले पेश गरेको प्रतिवेदनमा प्रधानमन्त्रीले सरकार र पार्टीलाई सही दिशा दिन नसकेको उल्लेख छ ।

दाहालले आफ्नो प्रतिवेदन फिर्ता नलिए नेकपामा कुनै तहका बैठक र छलफल हुन नसक्ने थापाले उल्लेख गरेका छन् । यस्तो अवस्थामा भएका संवाद पनि शत्रुवत् र निरर्थक बन्न पुग्ने उनको भनाइ छ ।

Related News

कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा
कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा
  • २०७७ कार्तिक ३०

कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। गत वैशाख...

३८.३५ अंकले घट्यो नेप्से परिसूचक
३८.३५ अंकले घट्यो नेप्से परिसूचक
  • २०७७ कार्तिक ३०

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार...

सुदुरपश्चिममा बुधबार थप ४७७ जनामा कोरोना संक्रमण पुष्टी
सुदुरपश्चिममा बुधबार थप ४७७ जनामा कोरोना संक्रमण पुष्टी
  • २०७७ कार्तिक ३०

डोटी – सुदूरपश्चिम प्रदेशमा बुधबार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एक हजार...

TOP