डोटी- नेपाल युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्व. पत्रकार तेजबहादुर खड्का (तेजु)को दुई बर्ष दुई महिना पछि विधिवत रुपमा अन्त्यष्टि गरिएको छ । उनको शनिबार दिपायल स्थित बासुधारा क्षेत्रमा पर्ने आर्यघाटमा दाहसंस्कार गरिएको हो ।
२०७५ भाद्र १० गते देखि वेपत्ता खड्काको २०७७ साउन १७ गते मात्रै मृत्यु पुष्टि भएको थियो । बाजुराको प्रसिद्ध धार्मिक स्थल बुढीनन्दाबाट जनैपूर्णिमाको मेला भरेर फर्किने क्रममा उनी सम्पर्कविहिन भएका थिए ।
दिपायल सिलगढी नगरपालिका– १ तिखा निवासी स्व. पत्रकार खड्काको हिन्दु परम्परा अनुसार कङ्कालको टुक्रा, काँसकुस र मुर्तिको शव बनाएर घरबाट शवयात्रा सहित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको हो । उनका छोरा सुमन खड्का, दाजु कृष्ण खड्का लगायतका पाँच जना आफन्तले दागबत्ती दिएका थिए । स्व खड्काको काजकिरिया उनका दाजु कृष्णले गर्ने परिवार स्रोतले जनाएको छ ।
स्व. खड्काको अन्तिम दाहसंस्कारमा नेपाल प्रेस युनियन डोटी शाखाले युनियनको लोगो ओढाएर एक मिनेट मौन धारण सहित सम्मान ब्यक्त गरेको थियो । खड्का लोकप्रिय पत्रकार, लोकतन्त्रप्रती वफादार, प्रेरणाका स्रोत र डोटी शाखाका जग रहेको स्मरण गर्दै शाखाका सचिव पवन महराले उनको निधनले नेपाली पत्रकारीता क्षेत्रमा अतुलनिय क्षति पुगेको बताए ।
स्व. पत्रकार खड्का रिपोर्टिङ्गका क्रममा वेपत्ता हुनु, घटना स्थलमा प्रहरी नेपाल आर्मी परिचालन गरी खोजि गर्दा नभेटिनु, पछि मात्रै कङ्गाल भेटिनु, दुई वर्ष सम्म घटना स्थलमा लुगा कपडा, परिचय पत्र, मोवायल सुरक्षित भेटिनु लगाएतले घटना संकास्पद भएकाले प्रेस युनियनले घटनाको गहिरो अनुसन्धान र सत्यतथ्य छानविनका लागि प्रशासन र सरोकारवालासँग माग गर्ने बताएको छ । घटनाका विषयमा सत्यतथ्य बाहिर नआएसम्म आफ्नो मुद्धा र माग कायमै रहने सचिव महराले बताए । उनले युनियनले स्व. पत्रकार खड्कालाई सधै अमर राख्न उनको स्मृतीमा अक्षय कोषका समेते स्थापना गर्न लागेको बताए ।
अन्तिम दाहसंस्कारमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति विजय खड्का, जिल्ला सदस्य जीत खड्का, विभिन्न भातृ तथा सुभेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधिहरुले दुःख ब्यक्त गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।
२०७५ भाद्र १० गते देखि वेपत्ता स्व. खड्का लामो समय रेडियो नेपालमा कार्यरत थिए । रेडियो नेपाल दिपायलबाट उनले सञ्चालन गर्ने कार्यक्रम तथा वाचन गर्ने समाचार स्रोतामाझ लोक प्रिय थिए । पछिल्लो समय उनि बाजुराको एक स्थानीय रेडियोमा कार्यरत थिए ।
स्व. पत्रकार खड्को खोजी कार्यका लागि पत्रकार महासंघले महासचिव रमेश विष्टको संयोजकत्व र नेपाल प्रेस युनियनले अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा मिसन टोली नै बनाएको थियो । त्यस्तै पत्रकार महासंघ डोटीले पनि उनको खोजी तथा उद्धारका लागि टोली बनाएर खटिएको थियो ।
नेपाल प्रेस युनियन डोटी शाखाले खड्काको खोजि तथा उद्धारका लागि प्रशासन, पत्रकार महासंग लगायत सरोकारवालासँग पटक पटक समन्वय तथा दवाव मुलक कार्यक्रम गर्दै आएको थियो । सरकारले पनि सम्पर्कविहिन भएका खड्काको खोजीका लागि सेना र प्रहरीको संयुक्त टोली बुढीनन्दा क्षेत्रमा परिचालन गरेको थियो ।
२०७६ मंसिर २ गतेका दिन जडिबुटी संकलन गर्न गएका बाजुराका स्थानीयले सोही ठाउँको लौरी विनायक भीरमा खड्काको कङ्काल भेटेका थिए । कङ्कालसँगै उनको ज्याकेट, झोला, पर्स, परिचय पत्र, मोबाइल, फेला परेका थिए ।
२०७७ साउन १७ गते नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उनकी आमासँग डिएनए परीक्षण गर्दा सो कङ्काल पत्रकार खड्काकै भएको पुष्टि भएको थियो ।
धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...