डोटी- सुदूरपश्चिम प्रदेशकै ठूलो तथा अति नै महत्व राख्ने बडीकेदार मेला यो वर्ष नहुने भएको छ । भक्तजनको मनकामना पूरा गर्ने भन्दै निकै चर्चामा रहेको बडीकेदार गाउँपालिकामा पर्ने उक्त मेला कोरोना सङ्क्रमणका कारण नहुने भएको हो ।
मनले मागेको वर प्रदान हुने विश्वासका कारण उक्त मेलामा देशका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट समेत बर्सेनि भक्तजनहरु दर्शन गर्न तथा आफ्नो भाकल गर्न आउने गरेका छन् । बडिकेदार–५ को उच्च लेकाली डाँडामा तिहारपछि उक्त मेला लाग्ने गर्दछ ।
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि बडीकेदार गाउँपालिकाले आफ्नो गाउँपालिकाभर यो वर्ष मेला पर्व नगर्ने निर्णय गरेको छ । गाउँपालिकाले तिहारको देउसीभैलोदेखि ठूला मेलापर्वहरु नमनाउन तथा त्यस्ता मेलामा नजान स्थानीयवासीलाई आग्रह गरेको छ ।
गाउँपालिकाले एक सूचना प्रकाशित गरी गाउँपालिकाभित्र मनाइने प्रसिद्ध बडीकेदार मेला, अलाणी मेला, धिर्काणी मेलालगायतका मेलापर्व मनाउन रोक लगाइएको जनाएको छ । यहाँ आयोजना हुने मेलापर्वमा तराई तथा भारतबाट पनि दर्शनार्थीहरु आउने तथा भिड बढी लाग्ने भएकाले कोरोना सङ्क्रमणको जोखिम बढी हुने भएकाले गाउँपालिकाभरमा हुने सबै मेलापर्व पूर्णरूपमा बन्द गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।
उनले भने, “बडिकेदार तथा धिर्काणी मेलामा भक्तजनको बढी भीड हुने भएकाले कोरोना जोखिम बढ्न सक्ने स्थितिलाई मध्यनजर गर्दै हामीले सबै मेला पर्व बन्द गराउने निर्णय गरेका छौँ, निर्णय पालना नगर्नेलाई कारवाही हुनेछ ।” गाउँपालिकामा मेला पर्व मनाउन रोक लगाइए पनि सामाजिक दूरी कायम गरी शक्तिपीठहरुमा पूजा पाठ गर्न भने रोक लगाइएको छैन । यसैगरी आगामी मङ्सिर १० गतेदेखि गाउँपालिकामा चल्ने अति आवश्यक बाहेकका सवारी साधनमा समेत रोक लगाउनने निर्णय गरिएको छ ।
जिल्लामा कोरोनाका कारण हालसम्म दुई जनाको मृत्यु भइसकेको छ भने सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि दुई हजारभन्दा बढी पुगेको जिल्ला अस्पताल डोटीले जनाएको छ । रासस
कांग्रेसको जगमा टेकेर कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए : कांग्रेस सचिव जोशी डोटी – नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले कम्युनिष्टहरूले...
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...
डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली...