काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप बनिनसकेको अवस्थामा नेपालमा संक्रमितका लागि आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण कार्यको नेतृत्व गरिरहेको छ।
परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले औषधिको प्रभावकारिताबारे रिपोर्ट आइनसकेको जानकारी दिए। ‘एक साताअघि क्लिनिकल ट्रायल सुरु भएको हो’, कार्यकारी प्रमुख डा. ज्ञवालीले भने, ‘अहिले त्यसको फलोअप गरिरहेका छौं।’
उनका अनुसार काठमाडौं उपत्यकाबाहिर जनकपुर प्रादेशिक अस्पताल, वीरगन्जस्थित कोभिड अस्पताल र रुपन्देहीस्थित भीम अस्पतालमा क्लिनिकल परीक्षण चलिरहेको छ। औषधिको सकारात्मक प्रभाव परेको र मृत्युदर घटाएको चिकित्सकको दाबी छ। राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिका अध्यक्ष प्रा.डा. देवबहादुर रोकाले कोरोनाविरुद्ध आयुर्वेदिक औषधिको प्रयोग प्रभावकारी भएको जानकारी दिए। ‘ट्रायल परीक्षण प्रभावकारी देखिएको छ।
प्लाज्मा थेरापी, एन्टी भाइरस औषधिभन्दा आयुर्वेदिक औषधि प्रभावकारी मानिएको छ’, वरिष्ठ कायाचिकित्सक डा. रोकाले भने, परिषद्ले नै संक्रमितको उपचारमा कन्भालेसेन्ट प्लाज्मा थेरापी सुरु गरेको थियो। अहिले १५ वटा अस्पतालमा यसको ‘अब्जरभेसन स्टडी’का रूपमा अनुसन्धान भइरहेको छ। आयुर्वेदिक औषधि सेवन गरेका संक्रमित निको हुने दर बढी रहेको डा. रोकाको भनाइ छ। पछिल्लो समय कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधि र रेम्डेसिभिरको बढी उपयोग गरिएको छ। कोरोनाका साथै निमोनियासमेत भएका गम्भीर बिरामीले रेमडेसिभिरको सेवन गर्दै आएका छन्। नेपालमा रेमडेसिभिर भारतबाट आयात भइरहेको छ। विश्व स्वास्थ्य संगठनले भने कुनै पनि औषधिलाई पूर्ण प्रभावकारी भएको स्विकारेको छैन। कोरोनाको विशेष औषधि नभएकाले संक्रमितको आन्तरिक रूपमा भाइरसविरुद्ध लड्ने क्षमता विकास गर्नुपर्ने डा. रोकाको सुझाव छ। ‘गुर्जो (गुडुची) पहिलो नम्बरमा प्रभावकारी देखिएको छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। दोस्रोमा जेठिमधु प्रभावकारी मानिएको छ’, डा. रोकाले भने।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...