२०८० जेष्ठ १४, आईतवार
May 28, 2023, Sunday

सुदूरपश्चिमका थप ३६ जनामा कोरोना पुष्टि

डोटी– कैलालीका २८ सहित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टको अवधिमा सेती प्रादेशिक अस्पतालकाको कोरोना परिक्षण प्रयोगशालामा गरिएको १ सय ९५ जनाको स्वाव परिक्षणमा कैलालीका २८, कञ्चनपुरका ५, डडेल्धुराका २ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले दिएको जनाकारी अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिका वडा नमबर १ का २ जना, वडा नमबर २ का ५ जना, वडा नम्बर ३, ७ र १२ का १÷१ जना तथा वडा नम्बर ५ का ९ जना रहेका छन् ।

मंगलबार नै सेतीको परिक्षणमा कैलालीकै गोदावरी नगरपालिकाका ५ जना र लम्किचुहा नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

उनका अनुसार मंगलबार नै कञ्चनपुरको वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकाका १÷१ जना तथा भिमदत्त नगरपालिकाका २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी डडेल्धुराका २ र डोटीको केआईसिंह गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

Related News

सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
  • २०७७ कार्तिक २५

काठमाडौं – सरकारले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा रेशम चौधरीलाई रिहाइ...

TOP