डोटी । लामो समय सामाजिक क्षेत्रमा क्रियाशील स्व. किर्तीराज पन्तको सम्झनामा शोक सभा आयोजना गरिएको छ । स्व. पन्तको १३औं दिनको पुण्यतिथिका अवसरमा सामुदायिक विकास केन्द्र डोटीले सभाको आयोजना गरेको हो ।
सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीको अध्यक्षतामा आयोजित शोक सभामा स्व. पन्तको तस्बिरमा पुष्प गुच्छा अर्पण गर्दै मृत आत्माको चीरशान्तिको कामना गरिएको थियो ।
डेढ वर्षदेखि घाटिको क्यान्सरबाट पीडित पन्तको उपचारका क्रममा कार्तिक १३ गते राति १२ बजे हरीशिद्धी क्यान्सर अस्पताल काठमाडौंमा निधन भएको थियो । विं.सं. २०३४ सालमा शिखर नगरपालिक –९ जैनोलीमा जन्मिएका पन्त २० वर्ष देखि सामाजिक क्षेत्र तथा बिभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत थिए । पन्त सामुदायिक बिकास केन्द्र डोटीका पुर्ब कार्यकारी निर्देशक समेत रहेका थिए ।
गैर सरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु कठायतले शोक सभामा बोल्दै पन्तको निधनले सामाजिक क्षेत्र, गैर सरकारी क्षेत्रमा अतुलनीय क्षति पुगेको भन्दैै आफूलाई अत्यन्तै दुःखी बनाएको बताए ।
संस्थाको संस्थागत विकास, समन्वय तथा सम्बन्ध विस्तार लागी स्व. पन्तले गरेको योगदान प्रति संस्था सदैव कृतज्ञ रहने अध्यक्ष जोशीले बताए । जोशीले पन्तको निधनपछि समाजलाई अपुरणिय क्षति भएको बताउँदै उनले सुरु गरेका असल अभ्यासहरु संस्थाका लागी मार्गदर्शन हुने बताए ।
शोक सभामा सामुदायिक बिकास केन्द्रका पदाधिकारी, कर्मचारी, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार महसंघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...