२०७९ मंसिर १५, बिहीबार
December 1, 2022, Thursday

साइन नेपालद्वारा बगलेकका २ सय ९५ परिवारलाई धुवाँ रहित चुलो वितरण

डोटी- साइन नेपाल धनगढीले पूर्वीचौकी गाउँपालिका वडा नं २ बगलेकका बासिन्दालाई सुधारिएको धुवा रहित चुलो वितरण गरेको छ । शनिवार वडा नं २ को झिंग्रानामा एक कार्यक्रमका विच उक्त सामग्री वितरण गरेको हो ।

वडा कार्यालयको सहकार्यमा वडाका २ सय ९५ परिवारलाई चुलो वितरण गरिएको साइन नेपालका अध्यक्ष भक्तराज जोशीले बताए । वडाले पुरै वडा धुवाँ रहित वनाउनमा सहयोग गर्न अनुृरोध गरेको बताउदै अध्यक्ष जोशीले भने,’यो पहिलो पटक वितरण गरेको चुलोले राम्रो परिणाम ल्याए कार्यक्रमलाई अगाडी बढाइने छ ।’

सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत बहादुर खड्काले चुलो वितरण कार्यक्रममा बोलदै सुधारिएको चोलोले गृहेणी दिदी वहिनीको स्वास्थ्यमा सुधार आउनेमा विश्वास व्यत्त गरे । दैनिक चोलो चौकामा लागिरहने दिदी वहिनीहरुले धुवाका कारण विभिन्न स्वास्थ्य समस्या झेल्नु परेको अवस्थालाइ सुधारिएको चुलो प्रयोगले राम्रो परिणाम ल्याउने खड्काले बताए ।

धुवा रहित चुलोले मध्यवर्ती क्षेत्र र यहाँका वासिन्दालाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने खप्तड मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष राम प्रसाद उपाध्यायले बताए ।

वडा अध्यक्ष योगेन्द्र ठकुल्लाले संस्थाले वितरण गरेको धुवा रहित चुलोले वडा बासीको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्ने बताए । उनले धुवा रहित चुलोको प्रयोगले यहाँका वासिन्दामा आउने सकारात्मक प्रभावलाइ मध्यनजर गर्दै सम्पूर्ण वडालाई धुवारहित वडा वनाउनमा सहयोग गरिदिन आग्रह गरे अनुसार चुलो उपलब्ध गराएको साइन नेपाललाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा डोटी उद्योग वाणिज्य संघका महासचिव दिपक खड्काले धुवा रहित चोलो वितरणले दैनिक चुलोको धुवावाट आइपर्ने स्वास्थ्य समस्यलाइ न्यूनिकरण गर्ने बताए ।

साइन नेपालका कोषाध्यक्ष मेखराज भट्टले धुवाँ रहित चुलोको उपयोगिता र महत्वका बसरेमा जानकारी दिएका थिए । सुधारिएको चुलोले दाउराको पनि कम खपत हुने र समयको बचत पनि हुने नन्द सिंह धामीले बताए ।

Related News

बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त
बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त
  • २०७७ कार्तिक २३

कैलाली – ग्रेडरको ठक्करले साइकल चढेर विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु...

TOP