२०८० जेष्ठ १४, आईतवार
May 28, 2023, Sunday

सामुदायिक विकास केन्द्रकाे अध्यक्षमा पुनः जोशी

संस्थाको नवनिर्मित भवन उद्घाटन

डोटी– सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको अध्यक्षमा निवर्तमान अध्यक्ष हेमराज जोशी चयन भएका छन् ।

गैर सरकारी संस्था सिडिसीकाे १२ औं अधिवेशनबाट जोशीको नेतृत्वमा २ सदस्य कार्यसमितिबाट मनोनित गर्ने गरेर ११ सदस्यीय समिति सर्वसम्मत गठन गरिएको छ ।

संस्थाको उपाध्यक्षमा सुनिल धर्ति, महासचिवमा माधवराज पन्त, सचिवमा निर्मला रोस्यारा , कोषाध्यक्षमा कृष्ण बहादुर वि.क चयन भएका छन् । सदस्यहरुमा टेकराज अवस्थी ,मिनराज ओझा ,रमेश नागरी ,कलावली नौन्याल चयन भएका छन् ।

बाँकि २ सदस्य पछि मोनित गर्ने संस्थाका अध्यक्ष जोशीले जानकारी दिए ।

साधारण सभाको उद्घाटन सत्रमा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशी प्रमुख अथिति रहेका थिए । कार्यक्रममा शिखर नगरपालिकाका नगर उप-प्रमुख धौली देवी रावल र सामुदायिक विकास केन्द्र, डोटीका संस्थापक अध्यक्ष हरि प्रसाद पन्त लगायतको उपस्थिती रहेको थियो ।

संस्थाका महासचिव माधबराज पन्त ले बार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष कृष्ण बहादुर वि.क ले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

कार्यक्रममा बोल्नु हुदै प्रमुख अथिति शिखर नगरपालिकाका नगर प्रमुख जोशीले शिखर नगरपालिकामा स्थापना भएको संस्थाले आज जिल्ला र प्रदेश हुदै राष्ट्रिय स्तरमा पनि राम्रो काम गरेको बताउँदै आगामी दिनमा पनि बालबालिकाको शिक्षा, बाल अधिकारको विकासमा जोड दिने विश्वास व्यक्त गरे ।

संस्थाको भवन उद्धाटन

यसै विच संस्थाको नव निर्मित भवनको पनि उद्घाटन गरिएको छ । दिपायल सिलगढी नगरपालिका -६ सिलगढीमा निर्माण भएको उक्त भवनको संस्थाका संस्थापक अध्यक्ष पन्तले उद्घाटन गरेका हुन् ।

संस्थाका निवर्तमान अध्यक्ष जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नगरविकास समितिमा पूर्व अध्यक्ष सुशिल धर्ति , गै.स.स महासंघ डोटीका अध्यक्ष रधु कठायत लगायतको उपस्तिथि रहेको थियो ।

Related News

सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
  • २०७७ कार्तिक २२

काठमाडौं – सरकारले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा रेशम चौधरीलाई रिहाइ...

TOP