डोटी- गारुको आक्रमणबाट गम्भिर घाइते भएकी बृद्धा एक हप्ताको उपचार पछि घर फर्किएकी छिन् । एक हप्ता अघि गोरु बाँध्ने क्रममा घाइते भएकी शिखर नगरपालिका वडा नं. ५ तिजालीकी ७५ वर्षीय हरुली देवी साउँदलाई अस्पतालले बुधबार डिस्चार्ज गरिएको हो ।
गम्भिर घाइते साउँदको आन्द्रा भँुडी बाहिर निस्किएको अवस्थामा राजपुर स्थित सुजङ्ग अस्पतालमा अप्रेस गरेर उपचार गरिएको थियो । घाइते साउँदलाई पेट च्यातीएको र आन्द्रा भुँडी बाहिर निस्किएको अवस्थामा उपचारका लागि सुजङ्ग अस्पताल ल्याईएकोमा अप्रेसनसँगै उपचार सफल भएपछि घर पठाइएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।
घाइतेको उपचारमा अस्पतालका महिला बिषेशज्ञ एम.बि.बि.एस., एम.डी. डक्टर पंकज प्रताप देव लगायतको टोली सहभागी थियो ।
सुजंग अस्पतालको स्वास्थ्य सेवा, उपचार, व्यवस्थापन तथा भौतिक पूर्वआधार प्रति एक दमै सन्तुष्टी भएको घाइतेका आफन्तले बताए । बिरामी एक हप्तामै निको भएर हिडडुल गर्ने, खाना खाने भएपछि घर लगिएको घाइतेका नाती बिष्नु साउँदले बताए ।
सुजंग अस्पतालका कारण जिल्लामै सहज, सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान भएको शिखर नगरपालिका –५ का वडा सदस्य तारा ऐरले बताए । घाइतेको आर्थिक अवस्था कमजोर भएका कारण अस्पताल प्रशासनसँग अनुरोध गर्दा उपचार शुल्कमा छुट समेत गरिएको ऐरले जानकारी दिए ।
दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...