२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

डोटीमा भिरबाट लडेर महिलाको मृत्यु : घटना बारे प्रहरी अनविज्ञ

डोटी- डोटीमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको खबर सार्वजनिक भएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नं. ६ गिरीचौकाकी ४३ वर्षीय पाना देवी ओलीको मृत्यु भएको स्थानीय तपेन्द्र बोहराले विभिन्न समाचार माध्यमलाई जानकारी दिएका छन् ।

तर घटना बारे प्रहरीलाई कुनै जानकारी छैन । जिल्ला प्रहरी कार्यालय डोटीमा सम्पर्क गर्दा आफुहरुलाई कुनै जानकारी नभएको जवाफ आएको छ ।

घटनाका बिषयमा आदर्श गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय पनि अनविज्ञ छ । ईलाका प्रहरी कार्यालयका इन्चार्ज इन्सपेक्टर कृष्ण चन्द ठकुरीले घटनाका बिषयमा आफुहरुलाई कुनै जानकारी नभएको बताउँदै मृतकका आफन्तले लिखित उजुरी दिए मात्रै घटना बारे जानकारी हुने र अनुसन्धान हुने बताए ।

उता घटना कसरी भयो, घटनाको कारण के हो पुष्टि नहुँदा नहुँदै शवको अन्त्येष्टि गरिएकोमा स्थानीयले गुनासो गरेकाछन् । घटना स्थलको निरीक्षण, जनप्रतिनिधि तथा सुरक्षकर्मीकोे सहभागिता र मुचुल्का बिना घटना स्थलबाट शव उठाउनु संकासपद रहेको स्थानीयको गुनोसो छ ।

घटना स्थल लगायतको इलाका हेर्ने गरी गाउँपालिकाको केन्द्रमा बसेको प्रहरी प्रशासन घटनाका विषयमा बेखबर रहनु र आफ्नो इलाकामा गस्ती समेत नगर्नुले विकटका वासीन्दाले सुरक्षा तथा प्राशासनको अनुभुती गर्न नपाएको स्थानीयको आरोप छ ।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ कार्तिक १८

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP