२०७८ माघ ३, सोमबार
January 17, 2022, Monday

दिपायलको सेती पुलमा मृतावस्थामा वृद्ध भेटिए

डोटी– दिपायल सिलगढी नगरपालिका १ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद दिपायलको सेती पुल नजिक मृतावस्थामा भेटिएका छन्। 

मजदुरी गरेर पेट पाल्दै आएका साउद मंगलबार बिहान सेती पुल नजिक मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीले जानकारी दिए। 

घरपरिवारका सदस्यसमेत कोही नभएका मृतक साउदको शव परीक्षणका लागि  जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ। साउदको मृत्युको कारण नखुलेको भए पनि उनी नियमित मदिरा सेवन गर्ने भएकाले सोही कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

Related News

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण
पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण
  • २०७७ कार्तिक १८

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको...

डोटीमा संक्रमण नियन्त्रण फितलो
डोटीमा संक्रमण नियन्त्रण फितलो
  • २०७७ कार्तिक १८

डोटी – भारतबाट घर फर्कने क्रममा केआईसिंह गाउँपालिका–६ का वीरभान तिरुवा (नाम परिवर्तन) को महाकाली अस्पताल कञ्चनपुरमा एन्टिजेन परीक्षण भयो ।...

दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन सिफारिस
दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन सिफारिस
  • २०७७ कार्तिक १८

काठमाडौं – राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गरेको छ...

TOP