२०८१ आश्विन १, मंगलवार
September 17, 2024, Tuesday

उपचार खर्च तिर्न नसकेपछि कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव आफन्तले पाएनन्

अस्पताल प्रशासनद्वारा तीन लाख ८३ हजार उपचार खर्च माग

काठमाण्डौं – विराट मेडिकल कलेजमा कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव व्यवस्थापन हुन पाएको छैन । अस्पतालमा उपचार गराउँदा भएको खर्च बुझाउन नसकेपछि अस्पतालले मृतकका आफन्तलाई शव बुझाउन मानेको छैन ।

उपचार गराउँदा गराउँदै मेडिकल कलेजमा मृत्यु भएका ब्यक्तिका आफन्तले सो पैसा तिर्न नसके पछि तीन दिन देखि शव मेडिकलमा जमा थन्किएको छ । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरका ६५ वर्षीय पुरुषकोे शनिबार बिहान भेन्टिलेरमा राखेको ९ दिनपछि भेन्टिलेटरमै निधन भएको थियो ।

अहिले उनीहरु अस्पतालसँग शव मागिरहेका छन् । तर अस्पताल बाँकी रकम नबुझाउँदासम्म शव नदिने अडान लिइरहेको छ । अस्पताललाई दिन उनको परिवारसँग पैसा छैन ।

‘बुवा स्कुलको सवारी चालक हुनु हुन्थ्यो । एउटा चालकसँग कहाँ हुन्छ त्यत्रो पैसा ?’ उनकी छोरीले भनिन् । अस्पतालले अझै ३ लाख ८३ हजार ९ सय ३५ रुपैयाँ मागिरहेको छ ।

अस्पतालले भने बिरामीको ४ लाख ५० हजार रुपैयाँ ‘बिल उठेको’ बताएको छ । अस्पतालका प्रशासन प्रमुख सुधिरसिंह राठोरले अस्पतालले एक लाख ३५ हजार छुट दिइसकेपछि पनि मृतकका आफन्त पैसा तिर्न अटेरी गरिरहेको बताउँछन् ।

अस्पतालका अनुसार मृतकको उपचार खर्च ४ लाख ५० हजार रुपैयाँ लागेको छ । अस्पताल प्रशासनले ३ लाख रुपैयाँ नतिरेसम्म मृतकका आफन्तलाई शव नदिने जिकिर गर्दै आएको छ ।

Related News

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
  • २०७७ कार्तिक १७

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

TOP