२०८१ बैशाख ५, बुधबार
April 17, 2024, Wednesday
कोभिड - १९ अपडेट

सेतीको परीक्षणमा सुदूरपश्चिमका थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली- धनगढी उप–महानगरपालिकाका ३९ सहित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती अस्पतालमा पछिल्लो २४ घण्टाको अवधिमा गरिएको १ सय ७८ जनाको स्वाव परिक्षणमा धनगढी सहित कैलालीका ६६, कञ्चनपुरका ४, अछामका २ बैतडी र डडेल्धुरा १÷१ र डोटीका २ जनामा संक्रमण पुष्टि भएको अस्पताललले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेका कैलालीको धनगढी–उपमहानगरपालिका वडा नम्बर १ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ९ जना, वडा नम्बर ५ का ८ जना तथा वडा नम्बर ७ र ८ का १÷१ तथा पहिचान नखुलेका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी सेतीकै परिक्षणमा कैलालीकै टिकापुर नगरपालिकाका १७ जना, गौरिगंगा नगरपालिकाका १ जना, घोडाघोडी नगरपालिकाका ४ जना, गोदावरी नगरपालिकाका २ जना र पहिचान नखुलेका ३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

सेतीकै परिक्षणमा कञ्चनपुरको भिमदत्त नगरपालिका र पुनर्रवास नगरपालिकाका १÷१ जना तथा कृष्णपुर नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार सोमबार नै अछामका २, बैतडी र डडेल्धुरा १÷१ जना तथा डोटीका २ जनामा सेमेत संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Related News

सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
  • २०७७ कार्तिक १७

दिपायल – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीले दीर्घ...

TOP