कैलाली- टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावललाई कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको ल्याबमा गरिएको परीक्षणमा रावललाई कोरोना संक्रमण पुष्टि भएको हो ।
नगर प्रमुख रावललाई सामान्य रुघाखोकी र केही दिन अघि ज्वरो आएको थियो । नगर प्रमुख रावलले आफ्नो फेसबुकमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।
रावलले लेखेका छन् ‘सावधानी अपनाउँदा अपनाउँदै पनि मलाई कोरोना पुष्टि भएको छ । हाल म घरमै आइसोलेसनमा बसिरहेको छु । यो अवधिमा मेरो सम्पर्कमा रहनु भएका सम्पूर्ण महानुभावहरुलाई सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’
त्यस्तै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावललाई समेत कोरोना पुष्टि भएको छ ।
उनले समेत फेसबुकमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन् । यसअघि नगर पालिकाका ६ जना कर्मचारीमा समेत कोरोना पुष्टि भएको थियो ।
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...