डोटी- डोटीको बाल सुधार गृहकामा रहेका २६ जना कैदीबन्दी बालबालिका र एक सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बाल सुधार गृह प्रमुख सानुमाया लिम्बुका अनुसार बाल सुधार गृहमा रहेका ३७ बालक, दुई कर्मचारी र एक सुरक्षाकर्मीको स्वाव संकलन गरिएकोमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये दुई कर्मचारी र ११ बालकको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित सबैको अवस्था समान्य रहेको छ ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...