२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापनमा स्थानीयको अबरोध

कैलाली- धनगढीमा कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव व्यवस्थापनको विषयलाई लिएर स्थानीयले विरोध जनाएका छन् । मानव वस्तीको बीचमा रहेको ‘कब्रिस्तानमा शव व्यवस्थान गरेपछि संक्रमणको जोखिम बढ्ने भन्दै स्थानीयहरु विरोध जनाएका हुन् ।

धनगढी उपमहानगरपालिका १ स्थित सो कब्रिस्तानको गेटमा तालाबन्दी गरेर स्थानीयले सडकमा  टायर बालेर प्रदर्शन गरेका छन् ।  कोरोनाका कारण मृत्यु भएकी धनगढी उपमहानगरपालिका २ की ५७ वर्षीया महिलाको शव सो कब्रिस्तानमा गाडेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।

यसै बीच समस्याको समाधान छलफलबाट गरिने भएको छ । विहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी लगायतका स्थानीय वासिन्दाहरुसँग पनि छलफल गरिएको छ । छलफलबाट निष्कर्ष ननिस्किएपछि फेरी शुक्रवार छलफल गरेर निष्कर्ष निकालिने धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीले जानकारी दिए । 

स्थानीय वासिन्दाहरुले कब्रिस्तानमा गाडिएको कोरोना संक्रमित महिलाको शव अन्यत्र गाड्न माग गरेका छन् । यस विषयमा मृतकका परिवार पनि तयार भईसकेका छन् । तर कुन स्थानमा गाडने भन्ने टुंगो लागेको छैन । जिल्ला स्थित प्रशासनका अधिकारीहरु समस्याको समाधान खोज्ने तयारीमा लागेका छन् । सम्भवत शुक्रबार यो समस्या समाधान हुने  वडाध्यक्ष मुडभरीले जानकारी दिए ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ कार्तिक १३

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP