२०७७ मंसिर ११, बिहीबार
November 26, 2020, Thursday

डोटी कारागारका कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब संकलन

फाइल तस्विर

डोटी- जिल्ला कारागार डोटीमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीको स्वाब संकलन गरिएको छ। पछिल्लो समय कारागारमा विभिन्न मुद्दाका व्यक्तिहरु पुर्पक्षका लागि राखिएका कारण कारागारमा रहेका सबै कैदीबन्दीको कोरोना जाँचका लागि स्वाब संकलन गरिएको हो। 

कारागार प्रशासन प्रमुख शेरबहादुर बोगटीका अनुसार कैदीबन्दी, सुरक्षामा खटिएका नेपाली सेना, प्रहरी तथा कारागार प्रशासनका कर्मचारी गरी जम्मा २५ जनाको स्वाब संकलन गरी जिल्ला अस्पतालमा रहेको कोरोना परीक्षण प्रयोगशालामा पठाइएको हो। 

जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि कारागारमा कोरोना जोखिम नहोस् भन्ने उद्देश्यले कैदीबन्दीसहित सुरक्षाकर्मीको स्वाब संकलन गर्न शुरु गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले बताए। उनले भने, ‘कारागारमा कोरोना सङ्क्रमण देखिए कैदीबन्दीलाई समस्या निम्तिने भएकाले हामीले आजबाट सबैको स्वाब संकलन गरी जाँचका लागि पठाउन थालेका छौँ, आशा छ सबैको रिपोर्ट नेगेटिभ आउने छ।’

कारागारमा कोरोना भित्रिन नदिनका लागि कैदीबन्दी भेटघाटलाई समेत बन्द गरिएको छ। जिल्ला कारागारमा हाल ४५ विभिन्न मुद्दाका कैदीबन्दी जेल जीवन बिताइरहेका छन्।

Related News

काठमाडौंमा भारतीय विदेश सचिव  श्रृंगला : आजै उच्चस्तरीय भेटघाट गर्ने
काठमाडौंमा भारतीय विदेश सचिव श्रृंगला : आजै उच्चस्तरीय भेटघाट गर्ने
  • २०७७ कार्तिक १३

काठमाडौं- भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने भ्रमणका क्रममा बिहीबार विहान काठमाडौं आइपुगेका छन् ।   परराष्ट्रसचिव भरतराज पौड्यालको...

‘प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ उत्रिन्छन्’
‘प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ उत्रिन्छन्’
  • २०७७ कार्तिक १३

पछिल्लो एक वर्षमा भ्रष्टाचार वृद्धि : जनमत सर्वेक्षणअनुसार एसियामा नेपाल सबैभन्दा अगाडि जनार्दन बराल/किरण दहाल– ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको ‘ग्लोबल करप्सन...

सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ
सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ
  • २०७७ कार्तिक १३

गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) की श्रीमतीलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुरूङकी...

TOP