२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday
सुदूरपश्चिममा कोरोना

सुदूरपश्चिमका ९२९४ जना संक्रमित मध्य ७५९५ जनाले जिते कोरोना

कैलाली- सुदूरपश्चिम प्रदेशका ७ हजार ५ सय ९५ जनाले कोरोना संक्रमण जितेका छन् ।

प्रदेशभर बिहिवार सम्म संक्रमण पुष्टि भएका ९ हजार २ सय ९४ जना मध्य ७ हजार ५ सय ९५ जनाले कोरोना संक्रमण जितेको प्रदेश सामाजिक मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै कैलालीमा ३ हजार ६ सय ४ जना संक्रमित रहेका छन् । डोटीमा १ हजार २ सय ५२, अछाममा १ हजार १ सय ६३, कञ्चनपुरमा १ हजार १९, बझाङमा ६ सय २७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बैतडीमा ४ सय ८०, बाजुरामा ४ सय ५९ र दार्चुलामा २ सय ६१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ कार्तिक १३

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP