२०८० मंसिर २०, बुधबार
December 6, 2023, Wednesday
कोभिड - १९ अपडेट

सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

कैलाली- सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका २ कि ५७ बर्षिया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । 

१० गते कडा खालको निमोनिया लिएर अस्पताल आएकी महिलामा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १२ गते उनलाई अस्थायी कोरोना अस्पतालमा सारिएको थियो । 

सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । 

आइसियुमा भर्ना भएकी महिलाको बिहान करिब ५ः३० मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ कार्तिक १३

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP