डोटी- डोटीमा गारुको आक्रमणबाट एक बृद्धा महिला गम्भिर घाइते भएकी छिन् । जिल्लाको शिखर नगरपालिका वडा नं. ५ तिजालीकी ७५ वर्षीय हरुली देवी साउँद घाइते भएकी हुन् ।
बुधबार साँझ गोठमा बाध्ने क्रममा गोरुले पेटमा सिञले हिर्काउँदा गम्भिर घाइते बनाएको घाइतेका नाती बिष्नु साउँदले बताए । घाइते साउँदको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भैरहेको छ ।
गम्भिर घाइते साउँदलाई पेट च्यातीएको र आन्द्रा भुँडी बाहिर निस्किएको अवस्थामा उपचारका लागि सुजङ्ग अस्पताल ल्याईएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।
अस्पताल पु¥याउने बित्तिकै आकष्मिक अप्रेसन गरेर घाइतेको ज्यान जोगिएको अस्पतालका महिला बिषेशज्ञ एम.बि.बि.एस., एम.डी. डक्टर पंकज प्रताप देवले बताए । डक्टर देवका अनुसार घाइते अहिले खतरामुक्त भए भनि पुर्ण रुपमा निको हुन केही दिन लाग्ने छ ।
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...