२०७८ आश्विन ९, शनिबार
September 25, 2021, Saturday

कांग्रेस नेता बमले आफै भत्काए सडक क्षेत्रमा पर्ने आफ्नो पक्की भवन

धनगढी- धनगढी उप–महानगरपालिका वडा नं ५ का गम्भीर सिंह बमले सडक क्षेत्रधिकार भित्र पर्ने घर संरचना बुधवार देखि भत्काउन सुरु गरेका छन् ।

क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतको सडक निर्माणको काम सुरु हुने भएपछि बमले सडक क्षेत्रधिकार भित्र पर्ने हालसालै निर्माण भएको २ सटर सहित ४ कोठाको पक्की भवन भत्काउन सुरु गरेका हुन । धनगढी उप–महानगरपालिकाका प्रवत्ता सन्तोष मुडभरीले नेपाली कांग्रेसका नेता समेत रहेका बमले मिस्त्रीहरु लगाएर घर भत्काउन सुरु गरेको बताए ।

उप–महानगरपालिकाले सडक क्षेत्रधिकारमा पर्ने संरचना भत्काउने घरधनीलाई आदर्श नगरवासीको रुपमा सम्मान गर्ने, भत्काएको भागको नक्सापासमा कर छुट गर्ने, सोही भागमा रंगरोगन गर्दा सहयोग गर्ने निर्णय गरेको प्रवत्ता मुडभरीले बताए । ‘नगरको विकास हामी सबैले चाहेर मात्रै सम्भव हुने हो प्रवत्ता मुडभरीले भने, ‘सडकक्षेत्रधिकार भित्र पर्ने संरचना भत्काएर सहयोग गर्न सबै नगरवासी संग अनुरोध गर्दछौं ।’

नगरको विकासमा कसैले अवरोध गर्न नहुने घर धनी बमले बताए । ‘क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतको यो सडक १६ मिटरको बन्दै छ बमले भने, थोरै क्षेत्रधिकारमा मेरो संरचना पर्ने भएकाले मैले आफै भत्काउन सुरु गरेको हुँ ।’ मेनरोड बिस्तार हुनसुरु गरेमा आफुले त्यहाँ रहेका आफ्नो सडक क्षेत्रधिकारमा पर्ने संरचना भत्काएर सहयोग सहयोग गर्ने पनि बमले बताए ।

Related News

समाज कल्याण परिषदका पदाधिकारीले दिए सामूहिक राजीनामा
समाज कल्याण परिषदका पदाधिकारीले दिए सामूहिक राजीनामा
  • २०७७ कार्तिक १३

काठमाडौं – सरकार परिवर्तन भएसँगै समाज कल्याण परिषद्का पदाधिकारी पनि बाहिरिएका छन् । तत्कालिन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले...

चितवनबाट बादलले भने, ‘अबको चुनाव प्रचण्ड भर्सेस बादल हुन्छ’
चितवनबाट बादलले भने, ‘अबको चुनाव प्रचण्ड भर्सेस बादल हुन्छ’
  • २०७७ कार्तिक १३

काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा‘बादल’ले आफू प्रचण्डसँग चुनाव लड्न तयार भएको बताएका छन् । आज...

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, विधान महाधिवेशनबारे छलफल
एमालेको केन्द्रीय कमिटी बैठक सुरु, विधान महाधिवेशनबारे छलफल
  • २०७७ कार्तिक १३

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको हो ।...

TOP