२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

डोटीका १५६ सहित सुदूरपश्चिममा १६७८ जना संक्रिय कोरोना संक्रमित

डोटी- सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ६ सय ७८ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ८ सय ७०, डोटीमा १ सय ५६ कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

यस्तै कञ्चनपुरमा ७६, बझाङमा १ सय ६५, अछाममा ८३, बैतडीमा ३५, डडेल्धुरामा ८०, दार्चुलामा १ सय ८८ जना, बाजुरा ६ र प्रदेश बाहिर १९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

बुधबार महाकालि अस्पतालबाट ४७ र बैतडीबाट ६ जना गरी ५३ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिमबाट हाल सम्म ७ हजार ५ सय ९५ जना डिस्चार्ज भएका छन ।

सुदूरपश्चिममा ८ सय ३० जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ । प्रदेशमा हाल सम्म संक्रमीतको संख्या ९ हजार २ सय ९४ पुगेको छ  ।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ कार्तिक १२

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP